महिला क्रिकेट उपाधिका लागि सुदूरपश्चिम र एपीएफ भिड्ने

काठमाडौँ- ललितपुर मेयर महिला टी-२० क्रिकेट च्याम्पियनसिपको उपाधिका लागि सुदूरश्चिम प्रदेश र विभागीय टोली एपीएफ क्लब भिड्ने भएका छन् ।
आइतबार कीर्तिपुरस्थित टियु मैदानमा लुम्बिनी प्रदेशलाई ३८ रनले हराउँदै सुदूरपश्चिमले फाइलनमा एपीएफसँगको भेट पक्का गरेको हो ।
सुदूरपश्चिमले दिएको १२९ रनको विजयी लक्ष्य लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै ९० रनमा मात्रै सिमित भयो । लुम्बिनीका लागि नेरी थापाले सर्वाधिक २३ रन बनाइन् । यस्तै, आश्मा पुलामी मगरले २२ र लक्ष्मी चौधरीले १० रन बनाए । सुदूरपश्चिमका कविता कुुँवर र सम्झना खड्काले समान दुई विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १२८ रनको योगफल तयार पार्याे।
सुदूरपश्चिमका लागि सम्झना खड्काले सर्वाधिक ४२ रन जोडेकी थिइन् । यस्तै, रितु कनोजियाले ३३, कविता जोशीले ३२ र कविता कुँवरले १० रन बनाइन् । लुम्बिनीकी नेरी थापाले तीन विकेट लिँदा कृतिका मरासिनी र मधु डिसीले समान एक विकेट लिए ।
चार खेलमा तीन जित र एक हार बेहोरेको सुदूरपश्चिम ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । तीन खेलमा जितविहीन लुम्बिनी पुछारमा छ । समान तीन खेलमै सतप्रतिशत अंक जोडेको एपीएफ क्लब शीर्ष स्थानमा छ ।
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

आइसिसी यु–१९ विश्वकप एसिया छनोट : नेपालले हङकङसँग भिड्दै

ओमान सामु नेपालको ११८ रनको लक्ष्य प्रस्तुत
_BgiJAHh2vp_aaer5nxj58ygwpaoaukgj3kohe2xfsz46norfov0cw2mjn0w2hc7c3bwyjo2_n7Jw1mO9ns_y9yt9nbttpwjgynsvryydr0xwjatmmrdmj8u5xyefflgm1hdbvqth1z7zod1.jpg)
प्रतिक्रिया