शिवरात्रीमा स्यानिटाइजर र मास्कको प्रयोग अनिवार्य
ज्येष्ठ तथा अशक्त नागरिकलाई इलेक्ट्रिक टेम्पोमा लगिने

काठमाडौँ- पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीमा स्वयंसवकहरूलाई दर्शनार्थीलाई सभ्य भाषा र सुंस्कृत व्यवहार गर्न अनुरोध गरेको छ । महाशिवरात्रीमा पशुपतिनाथ मन्दिरमा पाँच हजार स्वयंसेवकहरू परिचालित हुने भएका छन् ।
आइतबार पशुपति क्षेत्र विकास कोषले गरेको पत्रकार भेटघाट कार्यक्रममा स्वयंसेवकहरू दर्शनार्थीको सहजीकरण गर्न कोर क्षेत्रका बाहिर परिचालित गरिने प्रवक्ता नारायण प्रसाद सुवेदीले जानकारी दिए । यसपटकको शिवरात्री आगामी मंगलबार १७ गते परेको छ ।
कोभिड-१९ को महामारी जोखिम रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी दर्शनार्थीलाई स्यानिटाइजर र मास्कको अनिवार्य प्रयोग गर्न लगाइएको उनले बताए ।दर्शनार्थीको सुरक्षार्थका लागि नेपाल प्रहरीको अगुवाईमा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट समेत सुरक्षाकर्मी परिचालन गरिने उनले जानकारी दिए ।
भकुण्डोलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका मूल शिविर हुनेछ । मेला क्षेत्र र दर्शनमार्गलाई लक्षित गरी सिसि क्यामेरा समेत राखिने उनले सुवेदीले बताए । पशुपति क्षेत्र नशालुपदादर्थ निषेधित क्षेत्र भएकाले मदिरा, गाँजा, जाँड-रक्सी जस्ता पदार्थहरूको बिक्रीवितरण,ओसारपसार, भण्डारण एवं प्रयोगमा बन्देज लगाइने उनको भनाइ छ । पशुपति क्षेत्र प्लाष्टिक निषेधित क्षेत्र भएकाले भोजन,चिया र पानी वितरण गर्दा प्लाष्टिकको कप प्रयोग गर्न नपाइने भएको छ ।
ज्येष्ठ नागरिक, शारीरिक रुपमा अशक्त एवं अपाङगता भएका व्यक्तिहरूलाई लाईनमा नराखी स्वयंसेवकहरूले वनकालीको २ नम्बर गेटबाट इलेक्ट्रिक टेम्पोबाट आवतजावतको व्यवस्था मिलाइएको उनले बताए ।
विकास कोषले दर्शनार्थी तथा साधु सन्तहरूका लागि हंशमण्डप,वनकाली र तीलगंगाको क्षेत्रलाई आवास क्षेत्र तोकिएको छ । ९५ वटा संघसंस्थाले निःशुल्क भोजन, पानी र चिया वितरण गर्ने व्यवस्था मिलाएको छ । आवास क्षेत्र नजिक शौचालयको व्यवस्था फोहोर व्यवस्थापन गर्न डस्टविनको व्यवस्था गरिएको छ । प्लाष्टिकको कप र प्लेट पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ ।
साधुसन्तका लागि आवश्यक भोजन, पानी र आवासको व्यवस्था निःशुल्क व्यवस्था गरिएको सुवेदीले बताए । साधुसन्तका लागि धुनीको व्यवस्था भएको र महाशिवरात्री सम्पन्न भएपछि रुद्राक्षमाला दक्षिणाको व्यवस्था साधुसन्त र बाबाहरूलाई विदाइ गरिने उनले प्रस्ट पारे ।

चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

पाल्पाका फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला

गायिका एलिनामाथि गालीगलौज गर्ने राई विरूद्ध तीन दिन म्याद थप

आत्मनिर्भर बनाउन भरतपुर महानगरको तालिम

दुनाटपरी उद्योगबाट मासिक २५ हजार बचत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया