न हिन्दीमा दर्शक न नेपालीमा

काठमाडौं : लामो समयको अन्तराल पछि हलमा ताजा फिल्म रिलिज भए । पुस १० गतेबाट हल खुले पनि कुनै पनि निर्माता नयाँ फिल्म रिलिज गर्न तयार भएनन् । बीचमा एकाध अंग्रेजी फिल्म प्रदर्शनका लागि तम्सिएका थिए तर सरकारले ती फिल्म रिलिज हुने वातावरण नबनाएपछि पुराना फिल्मका पोस्टर फेरिएनन् । पुस २६ मा सरकारले मापदण्ड बनाएर हल खोल्ने निर्णय गर्यो ।
योसँगै नयाँ फिल्म रिलिज हुने वातावरण पनि बन्यो । सरकारले हल खोल्ने औपचारिक निर्णय गर्नु अघि नै पाका अभिनेता शिव श्रेष्ठले आफूले निर्माण गरेको ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन गर्ने घोषणा गरेका थिए । घोषणा अनुरुप नै बिहीबारबाट यो फिल्म रिलिज भयो । सँगसँगै रिलिज भयो, तमिल फिल्म ‘मास्टर’ । लामो समय हल बन्द रहेकाले नयाँ फिल्म रिलिज हुँदा दर्शकको राम्रो चाप होला भन्ने अनुमान थियो । तर बिहीबारबाट रिलिज भएका नेपाली न हिन्दी दुवै फिल्ममा दर्शक आएनन् । बिहीबार जबकि सार्वजनिक विदा पनि थियो ।
‘एउटा यस्तो प्रेम कहानी’ मल्टिस्टारर फिल्म थियो । शिव श्रेष्ठदेखि प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशीसम्मका कलाकार फिल्मको पोस्टरमा छन् । तर, फिल्ममा भएका कलाकार जति पनि दर्शक हलमा नभएको हल म्यानेजरहरू बताउँछन् । बिहीबार न शुक्रबार दुवै दिन ‘एउटा यस्तो प्रेम कहानी’मा दर्शक छैनन् । काठमाडौं क्षेत्र वितरण गरेका गोपालकाजी कायस्थले पनि हलमा दर्शक नभएको स्वीकारे । माहोल बनाउन फिल्म रिलिज गरेको उनले बताए ।
‘दर्शक आउँछन् भन्ने हामीलाई पनि आश होइन । चलायमान बनाउन कसै न कसैले रिस्क लिन पथ्र्यो त्यो शिव दाइले लिनु भयो । कमसेकम नयाँ फिल्म रिलिज त भयो नी,’ कायस्थले भने ।
नेपाली मात्र होइन सोही दिन रिलिज भएको ‘मास्टर’ हेर्न पनि दर्शकले रुचि देखाएनन् । तुलनात्मक रुपमा नेपाली फिल्मभन्दा धेरै सो पाएको ‘मास्टर’मा दर्शकको खडेरी छ । तमिलमा बनेर हिन्दी डबमा नेपाल आएको यो फिल्मले भारतमा भने कीर्तिमानी व्यापार गरिरहेको छ । पहिलो दिन ४० करोड ग्रस गरेको फिल्मले दोस्रो दिन २३ करोड ग्रस गरेको समाचार आएका छन् । तर नेपालमा भने वितरकले महंगो रकम तिरेर ल्याएको फिल्मले कमजोर व्यापार गरेको छ ।
यी दुई फिल्मको व्यापारले हल र वितरकको चिन्ता झन् बढाएको छ । यी दुई फिल्मको व्यापार राम्रो हुँदो हो त निर्माता नयाँ फिल्म रिलिज गर्न सायद तम्सन्थे । तर, त्यो नभए पछि हल लयमा फर्कन अझै समय लाग्ने संकेत देखिएको छ ।

प्रज्वल खड्का र इशान श्रेष्ठको गीत सार्वजनिक

सैफ अली माथी छुरा हानिएकाे घटना बारे करिनाले खाेलिन रहस्य

दुइ महिना पछि पनि छावाले टक्कर दिदैँछ सलमानको सिकिन्दरलाई

राजामौलीको फिल्म अर्को वर्ष मार्च २५ मा रिलिज हुने

'आइरन म्यान २’का कलाकार मिक्की भए कंगाल

रजनीकान्तको जेलरः२ मा मलायालम सुपरस्टार मोहनलाल पनि देखिने

जुनियर र सिनियर प्रतिभाका लागि मिस एण्ड मि. आइडल सिजन २ को घोषणा

प्रतिक्रिया