एमाले सांसद नाराबाजी गर्दै, भीम रावल रोष्ट्रममा बाेल्दै
काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद् बैठक अवरुद्ध गरिरहेका बेला एमालेका नेता भने भीम रावल रोष्ट्रममा बोल्न पुगेका छन् । सभामुख अग्नि सापकोटाले एमसीसीमाथिको छलफलमा भाग लिन चाहेका सांसद्लाई बोल्न ५ मिनेटको समय दिएपछि एमालेबाट भीम रावल बोल्न रोष्ट्रममा पुगेका हुन् ।
एमाले सांसद् बैठक रोक्न नाराबाजी गरिरहेका बेला एमालेकै नेता रावल एमसीसी राष्ट्रघाती भएको, अमेरिकी स्वार्थ पूरा गर्ने परियोजना भएको भन्दै रोष्ट्रममा बोलिरहेका हुन् । सामान्यतयाः प्रतिपक्षी दलले बैठक रोक्न नाराबाजी गर्दा सभामुखले कुनै एक जनालाई बोल्नका समय दिएपछि अरु सांसद् नाराबाजी गर्न छाडेर चुप लाग्ने संसदीय परम्परा छ ।
तर एमालेले बैठक रोक्न माग गरिरहेका बेला प्रतिपक्षी दलकै सांसद्ले रोष्ट्रममा पुगेर बोल्नु फरक दृश्य हो । यसअघि एमालेले आफ्नो दलको निर्देशनविपरित बोलेको भन्दै भीम रावललको भनाईमा आपत्ति जनाउँदै सभामुखको ध्यानाकर्षण गराएको थियो ।

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिनिधिसभाः मधेश प्रदेशलाई उच्च प्राथमिकता दिन सांसदको माग

प्रतिनिसभाः प्रस्ताव स्वीकृत

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तामा सांसदहरु गरे छलफल

वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छः प्रधानमन्त्री ओली

प्रतिक्रिया