नागरिक एप सार्वजनिक

काठमाडौं : करिब ३ वर्षपछि सरकारको नीति तथा कार्यक्रममा परेको नागरिक एपको सुरुवात भएको छ । तयारी पुरा भएपछि परीक्षण सुरुवात भएको हो ।सरकारका प्रवक्त एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले एपको उद्घाटन गरेका हुन् ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न पत्रकारलाई डाकिएको थियो । तर सो पत्रकार सम्मेलनमा एप मात्रै सार्वजनिक गरिएको छ । मन्त्रिपरिषद् बैठकको निर्णय अर्को पटक सार्वजनिक गर्ने मन्त्री गुरुङले जानकारी दिए ।
यो राष्ट्रिय गौरवको आयोजना पनि हो । 'धेरै अध्ययन अनुसन्धानपछि तयार भएको छ । प्राविधिक विज्ञ साथीहरूलाई धन्यवाद दिन चाहन्छु,' गुरुङले भने, 'अझै व्यवस्थित गर्नुपर्ने छ । प्रयोगको तयारी गर्नुपर्ने । आमनागरिकको सुविधाको लागि अझै प्रभावकारी बनाउँदै लैजानुपर्नेछ ।'
उनले मोबाइलबाटै सरकारी सुविधा लिन सकिने बताए । प्यान नम्बर, लाइसेन्स नम्बर, जस्ता छरिएर रहेका अभिलेखहरूलाई एकत्रित बनाउने सेवामा उल्लेख छ । अब सरकारी सेवा २४सैं घन्टा सरकारी सेवा सुचारु हुन्छ ।

'होनर एक्ससिक्ससी' धमाकेदार रूपमा नेपालमा सार्वजनिक, खरिदमा रु ४,००० बराबरक…

टिकटक बन्यो शार्क ट्यांक नेपालको आधिकारिक मनोरञ्जन पार्टनर

क्लासिक टेकको १६ औ वर्षामा प्रवेश, अफर जति मा चाहियो, त्यतिमै पाइयो !

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्यो जानकारीमूलक गाइड

इनफिनिक्सले जीटि ३० प्रो ल्यायो

हाल ४५ बिलियनको चिपको व्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

प्रतिक्रिया