राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषकाे रकम बैंकमा मुद्दति निक्षेप राख्ने

काठमाडौँ - नेपाल राष्ट्र बैंकले बैंकले उपदान तथा पेन्सन कोषकाे रकम बैंक तथा वित्तीय संस्थामा मुद्दति निक्षेपमा राख्न लागेको छ । बैंकले मुद्दति निक्षेपका रूपमा राख्न चाहने बैंक तथा वित्तीय संस्थाले रकम खोली राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस सकिने एक सूचना मार्फत जानकारी गराएको हो ।
बजारमा रहेको तरलता अभावकाे समस्यालाई यसले थाेरै भए पनि कम गर्नेछ । कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रूपमा राष्ट्र बैंकले मुद्दति निक्षेपमा राख्न लागेकाे हाे । यसमा वाणिज्य बैंकहरूले २० करोड रूपैयाँ निक्षेप पाउनेछन्। त्यस्तै राष्ट्रियस्तरका विकास बैंकहरूमा ३ करोड ७५ लाख रूपैयाँ र फाइनान्समा १ करोड २५ लाख रूपैयाँ मुद्दति निक्षेपका रूपमा राख्न पाउनेछन्।
आगामी चैत १ गतेदेखि ०७९ फागुन ३० गतेसम्म ३६५ दिनका लागि याे निक्षेप प्रदान गर्न लागेकाे हाे । यस्तो मुद्दति निक्षेपका रूपमा रकम लिन चाहने बैंक तथा वित्तीय संस्थाहरूको राष्ट्र बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम भने हुनु पर्नेछ।
त्यस्तै निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम भएको हुनुपर्नेछ भने खुद तरलता सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने पनि राष्ट्र बैंकले जनाएको छ।

रैथाने कृषि उपजलाई बजारीकरण गर्दै ढिकी जाँतो

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ?

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

प्रतिक्रिया