रुसले युद्ध रोकेर सेना फिर्ता गर्नुपर्छः गौतम

काठमाडौँ- राष्ट्रियसभा सदस्य वामदेव गौतमले रुसले युक्रेनमाथिको आक्रमण तुरुन्त बन्द गर्नुपर्ने बताएका छन् । उनले आइतबार विज्ञप्ति जारी गरी रुसले गरेको आक्रमण दोस्रो विश्वयुद्धपछि सुरु भएको राष्ट्रिय स्वतन्त्रता, समृद्धि र लोकतन्त्रको विश्व प्रवृत्तिविरुद्ध रहेको बताए ।
‘यो युद्ध दोस्रो विश्युद्धको अन्त्यबाट विकसित भएको विश्व प्रवृतिका विरुद्धमा छ । शान्तिपूर्ण बाटोबाट आफ्नो विकास गर्न चाहने नेपालजस्ता १०० भन्दा धेरै राष्ट्रहरूका चाहनाका विरुद्धमा छ,' उनले भने ।
गौतमले यो अवस्थालाई ह्रदयंगम गर्दै रुसले तुरुन्त युद्ध बन्द गरेर आफ्ना सैनिक फर्काउनुपर्ने र शान्ति वार्ताबाट दुई राष्ट्रका बीचको समस्या समाधान गर्नुपर्ने औल्याएका छन् ।

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

संविधानको महत्त्वपूर्ण कुरा उल्टाउने प्रयास हुँदैछः अध्यक्ष प्रचाण्ड

नेकपा एसले रामकुमारी झाक्रीलाई सोध्यो स्पष्टीकरण

राप्रपाले रुपन्देही ३ को उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन दियो निर्दे…

प्रतिक्रिया