सोमबार १२ साउन, २०८२
Monday, July 28, 2025

एमाले सांसदकाे चर्काे नाराबाजी

फाइल फोटो

काठमाडौँ : प्रतिनिधि सभा बैठकमा एमाले सांसदले नाराबाजी चर्काएका छन् । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी प्रस्तावमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेश गरेपछि एमाले सांसदले नाराबाजी चर्काएका हुन् ।

सभामुख अग्नि सापकोटाले एमसीसीमाथिको छलफलमा भाग लिन भन्दै बोल्ने सांसदलाई ५ मिनेटको समय दिएका थिए । सभामुखले दिएको समयअनुसार सांसदले बोलेपनि एमाले सांसदको नाराबाजी रोकिएको छैन ।

एमाले सांसदको चर्को नाराबाजी भइरहदा पनि माओवादी, नेकपा एकिकृत समाजवादी, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र राप्रपाका सांसदले एमसीसीमाथिको छलफल प्रस्तावमा भाग लिँदै आफ्नो धारणा राखिसकेका छन् ।