परराष्ट्र मन्त्रालयले भन्यो : युक्रेनबाट व्यवसायिक उडानमार्फत फर्कनू

काठमाडौँ- परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गरी त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमलाई मूल्यांकन गरी आवश्यक परेर बसेका बाहेक अन्य नागरिकलाई स्वदेश फिर्ता हुन अनुरोध गरेको छ ।
मन्त्रालयले उपलब्ध भएका व्यवसायिक उडानको प्रयोग गरी स्वदेश फर्कनु र अतिआवश्यक कामबाहेक हालका लागि युक्रेन भ्रमण स्थगन गर्न समेत बताएको छ ।
युक्रेनका लागि सहप्रमाणित नेपाली राजदूतावास, बर्लिन युक्रेनमा रहेका ३८ भन्दा बढी नेपाली सुरक्षित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार उनीहरू सबै सकुशल छन् ।
त्यहाँ रहेका नेपाली आवश्यक परेमा नेपाली राजदूतावास बर्लिनमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

प्रतिक्रिया