मेगा बैंकको भर्चुअल सहायता सेवा सुरु

काठमाडौं : मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुका लागि अत्याधुनिक भर्चुअल (अनलाइन) सहायता सुरु गरेको छ । ग्राहकलाई छिटो, छरितो र सहजरुपमा बैंकका प्रडक्ट÷सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राहीका जिज्ञाशाहरुको पनि सम्बोधन गर्ने उद्देश्यले मेगा बैंकले ‘मेगा इन्टेलिजेन्स भर्चुअल असिस्टेन्ट’ सेवा सुरु गरेको हो ।
छोटकरीमा ‘मिभा’ नामाकरण गरिएको यो सेवा इन्टरनेटको पहुँचमा रहेका ग्राहक महानुभावहरुले २४ सै घण्टा लिन सक्नेछन् । ग्राहकहरुले मेगा बैंकको आधिकारिक वेबसाइट मेगा बैंक नेपाल डटकम वा फेसबुक म्यासेन्जरमार्फत सजिलै यो सहायता लिन सक्नेछन् । वेबसाइटको दायाँतर्फ मेगा बैंकको अफिसियल मासकट ‘कान्छा’ वा ‘कान्छी’ देखिनेछ । त्यसमा क्लिक गरेपछि सेवाग्राहीहरुले मेगा बैंकले प्रदान गरिरहेका बिभिन्न प्रडक्ट÷सेवा र जानकारी आफुले छनौट गरेको भाषा नेपाली वा अंग्रेजीमा प्राप्त गर्न सक्नेछन् । आफूलाई आवश्यक परेको बटममा क्लिक गरिसकेपछि ग्राहकहरुले तत्कालै प्रतिक्रिया सहित सेवा प्राप्त गर्न सक्नेछन् ।
डबल विन्डोमा बनेको ‘मिभा’मा ग्राहकले राखेको जिज्ञासाको प्रतिक्रियाको अतिरिक्त सो जिज्ञासासँग मिल्दा अन्य जिज्ञासाहरु समेत एकसाथ उपलब्ध हुनेछन् । ग्राहकले आफ्नो खाताको मौज्दात विवरण तथा कारोवारको विवरण थाहा पाउन सकिने विशेषता रहेको आर्टिफिसियल इन्टेलिन्समा आधारित यो च्याटवट सेवा डिजिटल बैंकिङका लागि अत्याधुनिक पद्दतीवाट सञ्चालन गरिएको मेगा बैंकले जनाएको छ ।
ग्राहकहरुलाई नवीनतम सेवा दिने उद्देश्यले यसअघि नै मेगा बैंकले भिडियो अकाउन्ट ओपनिङ, टिक बैंकिङ लगायतका सेवाहरु ल्याइसकेको छ ।

कामना सेवा विकास बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आवद्ध

लक्ष्मी सनराइज बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपाल पेमा आवद्ध

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत् आयोजनाको वित्तीय व्…

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_Nbc0oFacYo_zcgozks9a9vnzijvmcyaxgt1ptaf1kohokusl8szds7u7oyeqcajgyxcf68s.png)
प्रतिक्रिया