शनिबार ०६ बैशाख, २०८२
Saturday, April 19, 2025

मोटरसाइकल र माइक्रो ठोकिँदा आगलागी, ५ जना घाइते

दाङ - दाङको बेल्झुन्डीमा मोटरसाइकल सँग ठोकिँदा हायस माइक्रोमा आगो लागेको छ । 

आइतबार राति करिब ९ बजेको समयमा दाङको बेल्झुन्डीमा हायसमा मोटरसाइकल ठोकिँदा आगलागी भएको स्थानीयले बताएका छन् । घटनामा ५ जना घाइते भएका छन् भने गाडी जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

आगलागी भएको निकै बेरसम्म पनि दमकल र घाइतेलाई उपचारका लागि लैजान एम्बुलेन्स नआएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । घटनाबारे थप विवरण आउँदै छ ।