फुटबलः राष्ट्रिय महिला लिग माघ ७ बाट

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने राष्ट्रिय महिला लिग माघ ७ बाट सुरु हुने भएको छ । विभागीयसहित कुल सात टोलीले भाग लिने प्रतियोगिता एक महिनासम्म सञ्चालन गरिने एन्फाले जनाएको छ ।
त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरीको एपीएफ क्लब, नेपाल पुलिस क्लबसँगै चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाले महिला लिगमा भाग लिनेछन् । लिगको उद्घाटन तथा समापन खेल दशरथ रंगशालामा हुने भए पनि बाँकी खेल भने सातदाबाटोस्थित एन्फा कम्पलेक्समा खेलाइने एन्फाले जानकारी दियो ।
लिग विजेता टोलीले पन्ध्र लाख नगद पुरस्कार पाउनेछ भने लिगमा दोस्रो, तेस्रो र चौंथौं स्थानमा रहने टिमहरूले क्रमशः आठ लाख, पाँच लाख र तीन लाख प्राप्त गर्नेछन् । लिगमा उत्कृष्ट घोषित हुने स्ट्राइकर, मिडफिल्डर, रक्षक, गोलरक्षक र प्रशिक्षकलाई जनही पचास हजार प्रदान गरिने पनि एन्फाले जानकारी दिएको छ ।
लिगमा सहभागी हुने टिमबाट २३ खेलाडी र सात अफिसियल सहित ३० सदस्य टोली काठमाडौं आउनेछन् । प्रत्येक टिमले चार जना सम्म विदेशी खेलाडी अनुबन्ध गर्न समेत सक्ने एन्फाले जनाएको छ ।
एन्फाले लिगमा सहभागी हुने टिमहरूलाई तयारी गर्नका लागि एक–एक लाख र कोभिड–१९ राहत कोष अन्र्तगत पचास हजार उपलब्ध गराउनेछ । लिग दौरान कोभिड–१९ संक्रमणमा पर्ने खेलाडी वा अफिसियललाई एन्फाले नै आइसोलेसनमा राख्ने पनि बताइएको छ ।

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

बुद्धिचाल प्रतियोगिता : ८ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार

एफसी बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमति

विश्वकपपछि मोड्रिचले मड्रिड छाड्ने

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

प्रतिक्रिया