आरटीजीएस प्रणाली र मोड्युलर डाटा सेन्टर राष्ट्र बैंकलाई हस्तान्तरण

काठमाडौंः अन्तर्राष्ट्रिय दातृनिकाय बेलायती अन्तर्राष्ट्रिय सहयोग नियोग (डिफिड) को सहयोगमा ‘एक्सेस टु फाइनान्स’ अन्तर्गत ‘युकेएड सक्षम’सँगको सहकार्यमा गत वर्ष भदौ २६ देखि राष्ट्र बैंकमा सञ्चालनमा रहेको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली तथा मोड्युलर डाटा सेन्टर औपचारिक रूपमा राष्ट्र बैंकमा हस्तान्तरण भएको छ । शुक्रबार देखि यसको सञ्चालन अब राष्ट्र बैंकबाट नै हुनेछ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र नेपालस्थित वेलायती राजदुतावासका प्रतिनिधि रोब क्लार्क तथा ‘युके एड सक्षम’का प्रतिनिधिहरूको उपस्थितिमा राष्ट्र बैंकको भुक्तानी प्रणालीका अधिकारीहरू सहभागी थिए ।
भुक्तानी प्रणाली बिभागका कार्यकारी निर्देशक भुवन कडेंलले आरटीजीएस प्रणालीमार्फत हुने कारोवारहरु हाल मासिक औसत १३ खर्ब रुपैयाँ बराबर रहेको, सहभागी बैंक तथा वित्तीय संस्थाहरुको संख्या ३७ रहेको छ । यो संख्या बढ्दो क्रममा रहेको राष्ट्र बैंकले जनाएको छ ।
युके एड सक्षमका टीम लिडर निर्मल दाहाल र भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक कडेंलबीच आरटीजीएस प्रणाली हस्तान्तरण प्रमाणपत्र आदानप्रदान भएको थियो भने मोड्युलर डाटा सेन्टरको हस्तान्तरण दाहाल र राष्ट्र बैंकका निर्देशक शिवराम दवाडीबीच भएको थियो ।
कार्यक्रममा राष्ट्र बैंकका गभर्नर अधिकारीले नेपालको वित्तीय क्षेत्रको सुदृढीकरण तथा वित्तीय पुर्वाधार विकासका लागि बेलायत सरकारको उल्लेखनीय सहयोग रहेको भन्दै धन्यवाद व्यक्र गरेका थिए । युके एड सक्षम एक्सेस टु फाइनान्स प्रोजेक्टले नेपालमा वित्तीय समावेशिता बढाउन महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै गभर्नरले सो परियोजनाले नेपाल व्यावसायिक वातावरण सम्बन्धि विश्वव्यापी सूचक डुइङ विजनेसको वरियतामा अगाडि आएको गभर्नरको भनाइ थियो । उनले डिजिटल नेपाल अभियानलाई सफल बनाउन आगामी दिनमा समेत युके एडबाट सहयोगको अपेक्षा गरेका छन् ।
कार्यक्रममा बेलायती राजदूतावासका प्रतिनिधि रोब क्लार्कले नेपालको वित्तीय क्षेत्रको सुदृढीकरणको लागि युके एडको सहयोगबारे चर्चा गरेका थिए ।

कामना सेवा विकास बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आवद्ध

लक्ष्मी सनराइज बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपाल पेमा आवद्ध

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत् आयोजनाको वित्तीय व्…

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_Nbc0oFacYo_zcgozks9a9vnzijvmcyaxgt1ptaf1kohokusl8szds7u7oyeqcajgyxcf68s.png)
प्रतिक्रिया