आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

इप्पानले गर्‍यो एमसीसीको स्वागत

काठमाडौं–अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित भएकोमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) स्वागत गरेको छ । संसदबाट पारित भएको भोलिपल्ट इप्पानले विज्ञप्ति प्रकाशित गरी परियोजना तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरेको छ।

संसदबाट यो परियोजनाको अनुमोदनले मुलुकको आर्थिक समृद्धिको मेरुदण्डका रुपमा रहेको उर्जा क्षेत्रमा थप लगानीको वाताबरण सिर्जना भएको हुँदा आगामी दिनमा उर्जा क्षेत्रको बिकासमा ऐतिहासिक योगदान पुग्ने विज्ञप्तिमा छ। 

मुलुकको समग्र उर्जा क्षेत्रको बिकास र बिस्तारमा मूल समस्याको रुपमा रहेको प्रसारण लाइनको अभाव एमसीसी परियोजना कार्यान्वयन भएसँगै न्यूनीकरण हुने छ भन्ने इप्पानको ठहर छ। ‘यस परियोजनाले पूर्वाधार निर्माणमा महत्वपूर्ण सहयोग पु¥याएर मुलुकको आर्थिक समृद्धि र रोजगारी सिर्जनामा ठूलो योगदान पुग्ने छ,’ विज्ञप्तिमा छ। 

यो अनुदान परियोजनाले नेपाल र अमेरिकाबीचको आर्थिक कुटनीतिक सम्बन्ध नयाँ शिराबाट विकसित भई आगामी दिनहरुमा यस्ता सहायता परिचालन थप प्रगाढ बन्ने इप्पानले बिस्वास गरेको छ। 

यसअघि नेपालका समग्र निजी क्षेत्रले एमसीसी पारित गराउन माग गरे पनि इप्पान भने यस मामिलामा मौन रहँदै आएको थियो।