एमसीसीको विरोधमा सुर्खेतमा पार्टी कार्यालय र प्रहरीमाथि ढुंगामुढा

सुर्खेत– मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को विरूद्ध आन्दोलनमा उत्रिएका बन्दकर्ताहरूले प्रहरी र पार्टी कार्यालयमा ढुंगामुढा गरेका छन्। सुर्खेतस्थित कांग्रेसको पार्टी कार्यालयमा ढुंगामुढा गरेका छन्। आक्रेशित बन्दै हिँडेका बन्दकर्ताहरु नेपाली कांग्रेसको पार्टी कार्यालयमा पुगेर ढुंगामुढा गरेका थिए।
त्यसैगरी सुरक्षामा खटिएका प्रहरीमाथि पनि ढुंगामुढा बर्साएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । शान्तिपूर्ण रुपमा कार्यक्रम गर्नुहोस् भनेर सम्झाउँदा पनि ढुंगामुढा नै बर्साएको डिएसपी घर्तीले बताए ।
ढुंगामुढाबाट कार्यालयको सिसा फुटेको छ । विप्लवसहित ६ राजनीतिक दल र दुई मोर्चाले गरेको बन्दका कारण सुर्खेत केही समय तनावग्रस्त बनेको थियो । प्रहरी र बन्दकर्ताबीच झडप भएपछि नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी अश्रुग्यास समेत हानेको थियो । यस्तै, प्रहरीले सुर्खेतमा उग्र बनेका केही बन्दकर्ताहरूलाई नियन्त्रणमासमेत लिएको छ ।

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

डेंगुले सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

प्रतिक्रिया