भदौ २४ मा सृष्टि–सौगातको ‘राधा’

काठमाडौँ - महामारीको तेस्रो लहर मथ्थर भएसँगै नेपाली निर्माता ÷निर्देशकले धमाधम प्रदर्शन मिति सार्वजनिक गर्न लागेका छन् । कम्तिमा पनि निर्माताले दसैँसम्मका मिति ‘बुक’ गर्न थालेका छन् ।
पहिलो र दोस्रो महामारीको बीचमा खिचिएको सुवर्ण थापा निर्देशित फिल्मले पनि प्रदर्शन मिति तोकेको छ । निर्देशक सुवर्ण थापाका अनुसार यो फिल्म अब भदौ २४ मा प्रदर्शन हुनेछ । ‘सिक्रेट्स अफ राधा’ शीर्षकको यो फिल्मले शिवरात्रीको अवसर पारेर फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो ।
सुवर्ण थापाकै लेखन रहेको फिल्ममा दर्जन हाराहारी थिएटर पृष्ठभूमिका कलाकारको अभिनय रहेको छ । यो फिल्मलाई सौगात मल्ल र सृष्टि श्रेष्ठ मिलेर निर्माण गरेका हुन् । फिल्ममा सौगात र सृष्टिका अलावा खगेन्द्र लामिछाने, दयाहाङ राई आदि कलाकारको पनि अभिनय रहेको छ ।
दयाहाङ फिल्ममा अतिथि भूमिकामा छन् । नरेन्द्र मैनालीको छायांकन रहेको फिल्मको सुटिङ मकवानपुरको दामन वरिपरि गरिएको थियो । यो फिल्मको सुटिङ २५ दिनमा सकिएको थियो । निर्देशक सुवर्ण थापाले फिल्मको पोस्ट प्रडक्सन फ्रान्समा भइरहेको जानकारी गराएका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया