रुसविरुद्ध मैदानमा हलिउड, फेसबुक र ट्वीटर पनि विरोधमा

काठमाडौँ - रुसले युक्रेनमाथि गरेको आक्रमणमा युक्रेनलाई साथ दिने अपेक्षा गरेको अमेरिकालाई अन्तिम समयमा आएर धोका दिएको चर्चा छ । यही कारण सामरिक युद्धमा बलियो मानिएको रुससँग युक्रेन एक्लै युद्ध लडिरहेको छ । तर अमेरिकी सरकारले साथ नदिए पनि हलिउडले रुसविरुद्ध शीतयुद्ध सुरु गरेको छ ।
हलिउडका तीन ठूला फिल्म निर्माण कम्पनी व्रार्नर ब्रोज, डिज्ने र सोनीले रुसमा आफू निर्मित फिल्म सार्वजनिक नगर्ने घोषणा गरेका छन् । आउँदा केही हप्तामै रुसमा ‘दि ब्याटमेन’, ‘टर्निङ रेड’ र ‘मोर्बियस’ जस्ता फिल्म रिलिज हुँदै थिए । तर यी तीनै फिल्म अब रुसमा प्रदर्शन हुने छैनन् । वार्नर ब्रोजले आउँदा हप्ता ‘दि ब्याटमेन’ रुसमा रिलिज गर्दै थियो तर उसले युक्रेन मानवीय संकट छाएको भन्दै रुसमा फिल्म प्रदर्शन नगर्ने घोषणा गरेको छ ।
‘युक्रेनमा देखिएको मानवीय संकटलाई मध्यनजर गर्दै वार्नर मिडियाले रुसमा फिल्म प्रदर्शन स्थगित गरेको छ,’वार्नरका प्रवक्ताले भनेका छन् । यसैगरि, डिज्नेले पनि एनिमेटेड फिल्म ‘टर्निङ रेड’ रुसमा तत्काल प्रदर्शन नगर्ने घोषणा गरेको छ । घोषणामा उसले मानवीय सहायतका लागि सहयोगी संस्थासँग सहकार्य गर्न तयार रहेको पनि जनाएको छ ।
यता ओटिटी प्लेटफर्म नेटफ्लिक्सले पनि रसियन सामाग्री प्लेटफर्ममा सामेल नगर्ने घोषणा गरेको छ । फेसबुक र ट्वीटरले पनि रसियन सरकारद्धारा सञ्चालित मिडियालाई प्लेटफर्म उपलब्ध नगराउने घोषणा गरेका छन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया