यस्तो बन्यो भक्तपुरको रानीपोखरी

भक्तपुर – भक्तपुरको ऐतिहासिक रानीपोखरीको जिर्णाेद्धार सकिएको छ । पोखरीको मंगलबार एक कार्यक्रमबीच उदघाटन गरियो । पोखरीको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले उदघाटन गरेका हुन् । पोखरी मंगलबारदेखि नै सर्वसाधारणका लागि प्रवेश खुला गरिएको छ ।
पोखरी पहिले नेपाली सेनाको कव्जामा थियो । साथै घाँसे मैदानको रूपमा थियो । तर अहिले त्यही पोखरीलाई आकर्षक बनाइएको छ । रानीपोखरी १५ सय रोपनी ५ आना २ पैसा नापीमा उल्लेख छ । यसको उत्तरमा तीन सय ७७ फिट, दक्षिणमा तीन सय ७६, पूर्वमा दुई सय २१ फिट र पश्चिममा दुई सय २० फिट रहेको छ ।
रानीपोखरीको काम डिजाइनअनुसार नभईकन उत्खननको आधारमा अघि बढाएको थियो । रानीपोखरीमा पुनः निर्माण मात्र नभई जिर्णोद्धार र नवनिर्माणको काम भएको भएको भक्तपुर नगरपालिकाले जनाएको छ । नागको अवशेष राख्ने ठाउँ जिर्णोद्धार गरिएको हो भने नाक नयाँ बनाएर हालेको हो । वाउन्डरी वाल (पर्खाल), पेटी, बाटो, डबली नवनिर्मित हुन् भने उत्तर र दक्षिण खण्डको दबु जिर्णोेद्धार गरिएको हो ।
रानीपोखरीको सुरुआतमा घाँस मात्र सफा गर्न नगरपालिका ८५ लाख स्टिमेट गरेको थियो । जसमा १७ लाख १६ हजार ३ सय ७४ रुपैयाँ खर्च भएको जनाएको छ । रानीपोखरीको पुनर्निर्माण १ माघ ०७५ बाट सुरु भएको थियो ।
पोखरीका लागि कुल चार करोड ४१ लख १९ हजार एक सय ६४ रुपैयाँं २९ पैसाका लागत स्टिमेट निकालिएको थियो । तर लागत स्टिमेटभन्दा झन्डै आधा खर्चमै काम सकेको भक्तपुर नगरपालिकाले जनाएको छ । कुल दुई करोड ५४ लाख ८३ हजार पाँंच सय ८७ रुपैयाँं ४७ पैसाबाट काम सम्पन्न भएको नगरपालिकाले जनाएको छ । उपभोक्ता समितिबाट काम भएकाले लागतभन्दा आधा सस्तोमा काम सकिएको हो ।
पोखरी भक्तपुर सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालय परिसरमा छ । २०४० सालतिर सैनिक तालिम केन्द्र निर्माणका लागि जग्गा अधिग्रहण भएसँगै सुरक्षाको कारण देखाउँदै रानीपोखरी क्षेत्रमा आवतजावत गर्न बन्द गरिएको थियो ।
वर्षको दुई दिन दिगु पूजा (कूलदेवताको पूजा) गर्न भने त्यहाँ जान खुला गरिँदै आएको छ । सेनाले नियन्त्रणमा राखेको पोखरी खुला गर्न स्थानीयवासीले वर्षौंदेखि माग गरिरहेका थिए । भक्तपुरका राजा जगज्योति मल्लले १६८७ सालमा रानी राजलक्ष्मीको सम्झनामा पोखरी बनाउन लगाएको बताइएको छ । त्यसको करिब ४० वर्षपछि मात्र प्रताप मल्लले काठमाडौंको रानीपोखरी बनाउन लगाएका थिए ।
भक्तपुर नगरपालिकाको पहलमा सर्वसाधारणका लागि पुनः खुल्ला गर्ने गरी मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण कार्य भएको हो । रानीपोखरीलाई पनि पर्यटकीयस्थलको रूपमा प्रयोग गर्ने योजना छ । भक्तपुरको सल्लाघारीस्थित रानीपोखरी काठमाडौंको रानीपोखरीभन्दा ४० वर्ष अगाडि बनेको सार्वजनिक गरिएको थियो । भक्तपुरको रानीपोखरीको पुरातात्विक नाम ‘न्हु पुखु’ रहेको जनाइएको छ ।

लहानको मुख्य बजार क्षेत्रमा तत्काल सडक निर्माण गर्न माग

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

प्रतिक्रिया