रूस–युक्रेन युद्ध अन्त्य गर्न प्रभावकारी मध्यस्थताको खाँचो
चीन र भारतजस्ता देशको तटस्थता होइन, मध्यस्थता आवश्यक

रूस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्न भइरहेका मध्यस्थता पहल सार्थक हुन नसक्दा युद्ध थप जटिल बन्दै गइरहेको छ । रूसी सेनाले युक्रेनमा घुसेर ६ दिनदेखि आक्रमण गरिरहेको छ, विस्तारै युद्धका विभिषिका राजधानी सहर र आवासीय क्षेत्रतर्फ फैंलदैछन् । यो त्राहीमाम र कष्टकर स्थितिको सामना गरिरहेको युक्रेनमा धनजनको ठूलो क्षति भएको छ ।
रूस र युक्रेनबीचको तनाव युद्धको अवस्थामा पुग्नुमा रूसको दम्भ देखिन्छ भने युक्रेनले जुटाएको साहस पनि मूर्खतापूर्ण देखिन्छ । रूसको छिमेकमा रहेको र खासगरी सोभियत युनियनको सभ्यतासँग जोडिएको मुलुक युक्रेनले छिमेकी र शक्ति राष्ट्रहरूसँगको सम्बन्धलाई सन्तुलन गर्न नसक्दा यो अवस्था सिर्जना भएको देखिन्छ ।
तर आफ्ना छिमेकीमाथि बल प्रयोग गरेर आफ्नो स्वार्थ पूरा गर्न खोज्ने रूसको यो अमानवीय र निन्दनीय हर्कत हो भन्नेमा सन्देह छैन । एउटा लोतान्त्रिक, सार्वभौम, स्वतन्त्र देशको छनौटलाई सम्मान गर्नु र सुरक्षासँग सम्बन्धित रणनीतिक स्वार्थका मामिलामा प्रभावकारी संवाद नगरी बल प्रयोगमा उत्रनु रूसको बडप्पन हो भने छिमेकीको सामरिक स्वार्थ तथा अन्य शक्ति राष्ट्रहरूसँगको सम्बन्धको वास्तविकताबारे रूसलाई राम्ररी सम्झाउन नसक्नु युक्रेनको कूटनीतिक असफलता पनि हो । भनिन्छ, जहाँनेर कूटनीति असफल हुन्छ, तब युद्ध शुरु हुन्छ ।
रुस - युक्रेन युद्धमा चीन र भारतजस्ता देशको तटस्थता होइन, शान्तिवार्ताका लागि मध्यस्थताको खाँचो छ ।
युद्ध अन्त्य गरी विश्वमा शान्ति बहालीको वकालत गर्ने नेटो राष्ट्रहरूले यसको साझेदार युक्रेनलाई सहानुभूति र मानवीय सहायता प्रदान गर्नेभन्दा अघि बढ्न सक्ने स्थिति छैन । कतिपयले आवेशमा युरोपियन युनियनको सदस्यता मागिरहेको अनि नेटोको साझेदारलाई एक्लै रुससँग युद्ध लड्न बाध्य पारिएको जस्तो टिप्पणी गर्ने गरेका छन् । यदि कुनै शक्ति राष्ट्रले युक्रेनका तर्फबाट युद्ध लड्ने स्थितिले फेरि युद्धको आगो अन्य मुलुकहरूमा फैलन सक्छ । यो संवेदनशील स्थिति हो ।
शान्तिको पक्षमा निरन्तर दबाब, रूससँग स्वीफ्ट कारोबार र अन्य सम्बन्धलाई क्रमशः प्रतिबन्ध गर्ने नेटो राष्ट्रहरूको निर्णयले रूसमाथि दबाब सिर्जना भएको छ । युद्धरत रूस र युक्रेन दुवैलाई पराजय मञ्जुर छैन । यदि यो अवस्थालाई त्यत्तिकै छाडिदिने हो भने दुवैले क्षति व्यहोर्नेछन् । युक्रेनमा प्रवेश गरेर रुसी सेनाले आक्रमण गरिरहेकोले बढी धनजनको क्षति युक्रेनले व्यहोरिरहेको छ । युद्धका सामान्य नियम समेत पालना नगरी रूसले विमानस्थल लगायत आधारभूत पूर्वाधार र आवासीय क्षेत्रमा समेत आक्रमण गरिरहेको छ ।
यसअघि पनि रूसले युक्रेनसँग क्रिमिया खोसेर लिएको थियो भने अहिले पुनः पूर्वी युक्रेनका डोनेटस्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएको छ । नेटोलाई समर्थन गरेको भन्ने मान्यताकै आधारमा रुसी राष्ट्रपति भ्लादिमिर पुटीन युक्रेनप्रति आक्रामक बनेका देखिन्छन् ।
खासगरी चीनको उदय र रूसको पुनरोदयपछि विश्वव्यवस्थालाई नयाँ ढाँचामा चलाउने उनीहरू प्रयासरत देखिन्छन् । युक्रेनकै जस्तो अवस्था भोलि ताइवानमा नदोहोरियोस् भन्नेमा पनि प्रशस्त बहसहरू भइरहेका छन् ।
तर, रूस र युक्रेनबीच जारी युद्धलाई प्रभावकारी मध्यस्थताका माध्यमबाट अन्त्य गर्दै शान्ति बहालीमा पहल गर्न सक्ने चीन, भारतजस्ता राष्ट्रले मौनता राखिरहेका छन्, जबकि शान्ति-वार्तामा उनीहरूको नेतृत्वदायी भूमिका हुनसक्छ । बेलारुसले शान्ति-वार्ताका लागि गरेको पहल सार्थक नभएपछि दुवै मुलुकसँग राम्रो कूटनीतिक सम्बन्ध भएका अन्य मुलुकले पहल अगाडि बढाउनुपर्छ । शान्ति वार्ताका लागि संयुक्त राष्ट्रसंघले उपलब्ध सबै विकल्पमार्फत् पहल अघि बढाउन जरुरी छ ।

शासन प्रणाली होइन, नेतृत्वको गुणस्तरले राष्ट्रको भविष्य निर्धारण गर्छ

गणतन्त्र दिवस: कानुन अन्तर्गत समान न्याय नै लोकतन्त्रको मूल आधार

त्रिभुवन विश्वविद्यालयलाई परिवर्तन गर्ने सुनौलो अवसर नगुमाउ

नेपाल-भारत सम्बन्धमा आर्थिक कूटनीति

भूकम्पमा बाँचेकालाई चिसोबाट मर्न नदेऊ सरकार

इजरायलमा रहेका बाँकी नेपालीहरूलाई छिटो फर्काऊ

प्रसारण लाइनका तगारा हटाउन छाता ऐन आवश्यक

प्रतिक्रिया