लाबुसानेको शतकमा अष्ट्रेलिया बलियो स्थितिमा

ब्रिसबेन : भारतसँगको चौथो तथा निर्णायक टेस्ट क्रिकेटमा अष्ट्रेलिया बलियो अवस्थामा पुगेको छ । स्टिभ स्मिथ सस्तैमा आउट भए पनि मार्नस लाबुसानेले शानदार शतक बनाए पछि अष्ट्रेलिया बलियो अवस्थामा पुगेको हो ।
टस जितेर व्याटिङ थालेको अष्ट्रेलियाले पहिलो दिन ५ विकेट गुमाएर २ सय ४७ रन बनाउँदा लाबुसानेले धेरैपटक जीवनदान पाएर शतक हानेका थिए । २ सय ८ बलको सामना गरेका लाबुसानेले १ सय ८ रन बनाएका हुन् ।
९ चौका हानेका लाबुसानेलाई ब्यु बलर नटराजनले रिषभ पन्तको हातबाट क्याच आउट गराए । त्यसअघि स्मिथ ३६ रनमै वाशिङ्टन सुन्दरको बलमा रोहित शर्माबाट क्याच आउट भएका थिए ।
यस्तै कप्तान टिम पेनले ५० रन बनाउँदा म्याथ्यु वाडेले ४५ र क्यामरन ग्रीनले ४७ रन बनाए । भारतका शार्दुल ठाकुरले ३ तथा सुन्दर र नटराजनले समान दुई विकेट लिए । दोस्रो दिनको पहिलो सेसनमै ३०० रन कटाएको अष्ट्रेलिया ४०० रन बनाउने लक्ष्यतर्फ अघि बढेको छ । (इसपिएनक्रिकइन्फोको सहयोगमा)

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

बुद्धिचाल प्रतियोगिता : ८ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार

एफसी बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमति

विश्वकपपछि मोड्रिचले मड्रिड छाड्ने

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

प्रतिक्रिया