म्यानचेस्टर युनाइटेडका पोग्बा भन्छन्- लिभरपुल नै बलियो टिम

काठमाडौं : प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पउल पोग्बाले आफ्नो टिम लिभरपुलको स्तरमा पुगि नसकेको बताएका छन् । लिग अंक तालिकामा युनाइटेड दोस्रो स्थानको लिभरपुल भन्दा तीन अंकले माथि भए पनि मर्सीसाइड टोली नै बलियो भएको पोग्बाको भनाई थियो ।
लिभरपुललाई बलियो टिम माने पनि विश्वकप विजेता पोग्बाले युनाइटेड लिग जित्न सक्ने टिम रहेको बताए । ‘निश्चय पनि हामी लिभरपुलको स्तरमा पुगि सकेको छैनौं । लिभरपुलले लिग विजेता टिम हो, यदि हामीले यो सिजन लिग जित्यौं भने मात्रै हामी उनीहरूको स्तरमा पुग्ने छौं । यो सिजन लिग उपाधि होड खुल्ला छ । धेरै टिम लिग जित्न सक्षम छन् । हामी पनि लिग जित्न सक्ष्म छौ । तर त्यस यात्रामा हामी अझै पर नै छौं,’ पोग्बाले भने ।
फ्रेन्च मिडफिल्डरले युनाइटेड लिभरपुल जस्तो टिमविरुध्द हाबी भए मात्रै लिगमा आफु बलियो टिम भएको सिद्ध गर्न सकिने बताए । ‘हामीले बलियो टिमलाई पराजित गरे मात्रै आफु पनि बलियो भएको महसुस गर्नेछौ । लिभरपुल केही वर्षयता लगातार राम्रो फुटबल खेल्दै आइरहेको छ । त्यसकारण लिभरपुलविरुध्दको खेल हाम्रो लागि सजिलो हुनेछैन ।’
युनाइटेड र लिभरपुल लिगको महत्वपूर्ण खेलमा आउँदो आइतबार आमनेसामने हुँदैछन् । १७ खेलको समाप्तीमा शीर्ष दुईमा रहेका यी दुई टिमबीचको खेल लिग उपाधि दौड अझ रोचक बनाउनेछ । त्यसो त एनफिल्डमा हुने खेल युनाइटेड प्रशिक्षक ओले गनर सोल्स्यारका लागि ठूलो परीक्षा हो । गत साता इएफएल कपको सेमिफाइनल खेल हारेको युनाइटेडलाई लिभरपुलसँगको खेल जित्दै आफु इंगल्यान्डको शक्ति नै रहेको सन्देश दिनु छ । सोल्स्यार ओल्ड ट्राफोर्डमा प्रशिक्षकका रुपमा आएपछि युनाइटेडले घरेलु कप र युरोपा लिगमा गरी लगातार चार सेमिफाइनल गुमाएको छ । त्यसैले एनफिल्डमा विजय प्राप्त गरी सोल्स्यार आफ्नो छवी बलियो बनाउने धुनमा हुनेछन् ।
लिभरपुलले सन् २०१७ अप्रिल यता एनफिल्डमा कुनै पनि लिग नहारेकाले युनाइटेडका लागि आइतबारको खेल सहज भने हुने छैन । तर लामो समय आलोचित रहेका पोग्बाले पछिल्ला खेलहरुमा राम्रो लय देखाएकाले युनाइटेड उत्साहित छ । लिगमा पछिल्ला तीन खेलमा विजय पाउन नसकेको लिभरपुलले आफ्ना पहिलो रोजाईका रक्षकहरु त गुमाएको छ नै, साथै अग्रपंक्ति पनि सुस्ताएको जस्तो देखिन्छ । लिभरपुलका विश्वस्तरिय फरवार्डहरुले गत दुई लिग खेलमा गोल नै गर्न सकेनन् भने त्यसअघि कमजोर वेस्टब्रुमसँगको बराबरीमा एक भन्दा बढी गोल गरेनन् । त्यसकारण, युनाइटेडविरुध्दको खेल योर्गेन क्लपका लागि आफ्ना स्ट्राइकरहरुलाई ब्युताउने मौका हुन सक्छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया