एफए कप : सिटी क्वार्टरफाइनल पुग्दा टोटनहम बाहिरियो

काठमाडौँ- च्याम्पियनसिप टोली पिटरर्सब्रग युनाइटेडलाई २-० अन्तरले पराजित गर्दै इंग्लिस क्लब म्यानचेस्टर सिटी एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति सिटीलाई अन्तिम आठमा स्थान पक्का गर्न रियाद महारेज र ज्याक ग्रेलिसले दोस्रो हाफमा १-१ गोल गरे ।
राति नै भएको अर्को खेलमा च्याम्पियनसिप क्लब मिडल्सब्रगसँग १-० अन्तरले पराजित हुँदै टोटेनहम एफए कपको प्रि-क्वार्टरफाइनलबाट बाहिरिएको छ ।
टोटेनहमलाई स्तब्ध बनाउने क्रममा जोस कोवर्नले खेलको १०७औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । अर्का खेलमा क्रिस्टल प्यालेसले स्टोक सिटीलाई २-१ अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनायो । एजेन्सीको सहयोगमा

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया