दिपकराज गिरीको टिप्पणी: गल्ली-गल्लीमा न्यायालय, घर-घरमा न्यायाधीश

काठमाडौँ - एक नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको आरोपमा नायक पल शाह प्रहरी हिरासतमा छन् । नाबालिगले दिएको जाहेरीका आधारमा शाह प्रहरी हिरासतमा पुगेका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यो प्रकरणलाई लिएर व्यापक बहस भइरहेको छ । कानुनी प्रक्रियामा गइसकेको विषयमा मानेछेहरूले सन्जालदेखि सडकसम्म अनावश्यक बहस गरिरहेका छन् । कतिपयले पीडककै पक्ष लिएर पीडित नाबालिग गायिकामाथि थप आहात दिने काम समेत गरेका छन् ।
यसबारे कलाकार दिपकराज गिरीको टिप्पणी छ, 'गल्ली-गल्लीमा न्यायालय, घर घरमा न्यायाधीश ।' उनले कुनै घटना वा सन्दर्भ उल्लेख त गरेका छैनन् । तर, उनको टिप्पणीबाट बुझ्न सकिन्छ पल शाहका पक्षमा अनावश्यक बहस गरिरहेकामाथि उनले व्यग्य गरेका छन् । उनले थप लेखेका छन्, 'यो चाहिँ दोषी हो । त्यो चाहिँ ठीक ! एउटासँग प्रेम छ, अर्कों संग रिस ।'

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया