ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

दार्चुला- दार्चुलाको व्यास गाउँपालिका-४ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । निर्माणाधीन दार्चुला तिंकर सडकको डोकटमा मंगलबार साढे १० बजेतिर दुर्घटना हुँदा बझाङ घर भएका २३ वर्षीय वीरेन्द्र खड्काको किचिएर मृत्यु भएको दार्चुलाका प्रहरी प्रमुख डिएसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।
दुर्घटनाको जानकारी पाएपछि राती नै प्रहरी घटनास्थलमा पुगेको थियो । ट्याक्टर चालक बझाङकै मान बोहरा दुर्घटनापछि फरार छन् ।
व्यास गाउँपालिका क्षेत्रमा दार्चुला-तिंकर सडक चौडा बनाउने तथा नाली निर्माण गर्ने काम सञ्चालन गरिएको छ । सडकको निर्माणमा प्रयोग भएको से २ त १७९९ नम्बरको ट्याक्टर डोकटबाट डोब जाने क्रममा दुर्घटना भएको हो । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको र चालकको खोजी भइरहेको डिएसपी भट्टले जानकारी दिए ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया