नेप्सेमा ६४ अंकको गिरावट, २५४६ अंकमा परिसूचक

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबारको कारोबारमा ६४ अंकले गिरावट आएको छ । मंगलबार शिबरात्रीले बन्द रहेको सेयरबजार बुधबारमा ६३.९८ अंकले गिरावट आएको हो ।
आजको कारोबारमा सेयर बजार परिसूचक २.२५ प्रतिशतले घटेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स ११.५२ अंक अर्थात २.३० प्रतिशतले घटेर ४८८.६९ अंकमा ओर्लिएको छ ।
आज २२८ कम्पनीका सेयर कारोबार भएकोमा ३ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ भने १८८ कम्पनीको सेयर मूल्य घटेर कारोबार भएको छ । कुल ७६ लाख ५२ हजार कित्ता सेयर ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९ सय ७९ रुपैयाँमा खरिद विक्री भए ।
आज बढी मूल्य घट्ने कम्पनीहरुमा हिमालयन जनरल, न्यादी ग्रुप पावर कम्पनी, नेसनल हाइड्रो लगायतका कम्पनी छन् ।

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री…

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

प्रतिक्रिया