चिर्पट प्रहार गरेर प्रहरीको हत्या, तोरी बारीमा भेटियो शव

नेपालगन्ज : राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत एक सिपाहीको हत्या भएको छ । सहायक सूचक (सिपाही) प्रविन थापामगरको बिहीबार राती हत्या भएको हो । नेपालगन्ज उपमहानगरपालिका-१८, कारकाँदो निवासी २७ वर्षिय प्रविण शुक्रबार दिउँसो मृत फेला परेका थिए ।
नेपालगन्जको कारकाँदो लग्दहवास्थित मेरीगोल्ड स्कुलदेखि १०० मिटर पूर्वमा उनको शव फेला परेको हो । प्रविण नेकपाका जिल्ला स्तरिय नेता डम्बर थापाको छोरा हुन् । युवा संघ बाँकेका पूर्वअध्यक्ष समेत रहेका थापाका उनी एक मात्र छोरा हुन् । नियोजित तवरले उनको हत्या गरेर शव फालिएको स्थानीयको आशंका रहेको छ ।
बिहीबार साँझ ५ बजेदेखि कार्यालयको सम्पर्कमा नरहेका उनी राती अबेरसम्म घर नफर्किएपछि परिवारले उनको खोजी गरेका थिए । जानकारी अनुसार रातीदेखिनैं प्रविणको मोबाइल स्वीच अफ थियो । कारकाँदौ लग्दहवास्थित मेरी गोल्ड स्कुलमा शुक्रबार अपरान्ह तोरीबारीमा शव भेटिएको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । टोलीले शवको पहिचान गर्दा प्रविणको शव भएको पुष्टि भएको थियो ।
बाँके प्रहरी प्रमुख ओम बहादुर रानाका अनुसार प्रारम्भिक अनुसन्धानबाट मृतकलाई काठको चिर्पट प्रहार गरि हत्या गरेको देखिन्छ । मृतकको टाउकोमा गम्भीर चोट लाग्नुका साथै शरिरमा निल डाम रहेका छन् । प्रहरीका अनुसार मृतकको शुक्रबार नै भेरी अस्पतालमा पोष्टमार्टम गरिएको छ । प्रहरीले असुसन्धान टोली बनाई अनुसन्धान शुरु गरेको जानकारी दिएको छ । प्रविण चार वर्षदेखि अनुसन्धानमा कार्यरत रहेको बताइएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया