क्लपको लिभरपुल सामना गर्नु अगावै सन्यास लिएर राम्रो गरे : एलेक्स फर्गुसन

काठमाडौं : म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक एलेक्स फर्गुसनले लिभरपुल प्रतिको आफ्नो सम्मान सधैं कायम रहने बताएका छन् । प्रिमियर लिगमा सर्वाधिक सफल प्रशिक्षक दरिएका फर्गुसनले योर्गेन क्लप नेतृत्वको लिभरपुलको सामना गर्नु अगावै सन्यास लिएर राम्रो गरेको पनि भन्न भ्याए ।
‘लिभरपुलले पछिल्ला दुई सिजनमा अभुतपूर्व खेल देखाएको छ । धन्न मैले सन्यास लिए नत्र यस्तो बलियो टिमको समाना गर्नुपर्ने हुन्थ्यो,’ फर्गुसनले शुक्रबार लिग प्रशिक्षकहरुको कार्यक्रमलाई ठट्यौली पारामा सम्बोधन गर्दै भने, ‘युनाइटेडसँगै लिभरपुल बेलायतको सर्वाधिक सफल क्लब हो । मैले लिभरपुललाई सधैं सम्मान गरेको छु ।’
फर्गुसनले आफ्नो २७ वर्षे कार्यकालमा युनाइटेडलाई २७ प्रिमियर लिग उपाधि दिलाएका थिए । फर्गुसन युनाइटेड आउनु अघि लिभरपुल इंगल्यान्डको सर्वाधिक सफल क्लब रहेकोमा स्कटिस प्रशिक्षकले आफ्नो सन्यास अघि मर्सीसाइड क्लबलाई पछाडि धकेलिदिए । तर फर्गुसनले सन् २०१३ मा युनाइटेड छाडेपछि जर्मनीका क्लपको नेतृत्वमा लिभरपुलले पुनरागमन गरेको छ । लिभरपलले गत सिजन प्रिमियर लिग जित्यो भने त्यस अघि च्याम्पियन्स लिग उपाधिमा कब्जा जमायो । उता युनाइटेडले भने पछिल्ला आठ वर्षमा लिग जित्न सकेको छैन ।
सोही कार्यक्रममा फर्गुसनले लिभरपुलका कप्तान जोर्डन हेन्डरसनको प्रशंसा पनि गरे । आफु युनाइटेडको प्रशिक्षक हुँदा हेन्डरसनलाई अनुबन्ध गर्न खोजेको तर मेडिकल टिम सहमत नहुँदा सन्डरल्यान्डका पूर्व मिडफिल्डरको ओल्ड ट्राफोर्ड स्थान्तरण सफल हुन नसकेको उनको भनाई थियो । ‘मेरो मेडिकल टिमले हेन्डरसनको दौडने तरिका ठिक नभएको र भविष्यमा चोट बोकीरहने सम्भावना भएको भनेपछि स्थान्तरण स्थगित भयो । तर हेन्डरसन उत्कृष्ट खेलाडी रहेकोमा चाँही म त्यसबखत पनि सहमत थिए ।’ फर्गुसनले भने ।

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

बुद्धिचाल प्रतियोगिता : ८ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार

एफसी बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमति

विश्वकपपछि मोड्रिचले मड्रिड छाड्ने

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

प्रतिक्रिया