रोम डर्बीः लाजियोको प्रभावशाली जित, शीर्ष चारमा पर्ने सम्भावना जिवितै

काठमाडौं : रोम डर्बीमा शुक्रबार एस रोमालाई ३-० ले पराजित गर्दै लाजियोले सिरी ए को शीर्ष चार भित्र रहँदै सिजनको अन्त्य गर्ने सम्भावनालाई जिवित बनाएको छ । स्पेनी मिडफिल्डर लुइस अल्बर्टोले दुई गोल गरेपछि लाजियाले रोमालाई सहजै पराजित गर्याे । जितसँगै लाजियो १८ खेलबाट ३१ अंक बनाउँदै सातौं स्थानमा उक्लेको छ ।
स्टेडियो ओलिमपिकोमा सम्पन्न खेलमा १४ औ मिनेटमै सिरो इम्मोबिलेको गोल मार्फत लाजियाले अग्रता लियो । नौ मिनेट पछि अल्बर्टोले लाजियोको दोस्रो गोल गरे भने दोस्रो हाफमा ब्यक्तिगत दोस्रो गोल गरे । गत सिजन लाजियोले इटालियन लिगमा चौंथौं स्थान प्राप्त गर्दा महत्वपूर्ण खेलाडी रहेका अल्बर्टोले यस सिजन पनि आफ्नो बलियो लयलाई जारी राखेका छन् ।
उनले सिमिओनो इन्जाघी नेतृत्वको टिमका लागि यो सिजन ६ गोल गरिसकेका छन् । गत सिजन २८ वर्षीय पूर्व लिभरपुल मिडफिल्डरले कुल ६ गोल नै गरेका थिए भने १६ असिस्ट दर्ता गरेका थिए ।
दुई मिलान क्लब शीर्षस्थानमा रहेका सिरी ए मा पराजित रोमा अझै पनि तेस्रो स्थानमा आसिन छ । १८ खेलबाट ३४ अंक बनाएको रोमा एसी मिलान भन्दा चार अंकले पछाडि छ । रोमा भन्दा दुई खेल कम खेलेका यभेन्टस, एटलान्टा र र नापोलीले चौंथौं देखि छैठौं स्थान ओगटेका छन् ।
सिरी ए मा शनिबार तथा आइतबारका खेलहरूः
बोलानाविरुध्द हेल्लास भेरोना
टोरिनोविरध्द स्पेजिया
साम्पडोरियाविरुध्द उडिनेजे
नापोलीविरुध्द फियोरेन्टिना
क्रोटोनेविरुध्द बेनेभेन्टो
सासुओलोविरुध्द पार्मा
एटलान्टाविरुध्द जेनोवा

गोधुली रनिङ कपको उपाधि धरान–१४ लाई

लिभरपुलको पुन: जित, ७३ अंकसहित पहिलो स्थानमा

आज आइपीएलका सबैभन्दा महँगा खेलाडी आमुने-सामुने हुने

एनसेल एनएसएल सिजन–३ सुरु, आज बुटबल लुम्बिनी एफसी र झापा एफसीबी भीड्दै

एन्फाको वार्षिक बजेट डेढ अर्ब

टिकटक बन्यो एनसेल नेपाल सुपर लिग सिजन ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर

मुख्यमन्त्री कपकाे उपाधी गुल्मीलाई

प्रतिक्रिया