भदौ ३१ मा धिरज र अदितीको 'बाबरी'

सुरेन्द्र पौडेल निर्देशित सिनेमा बाबरीको रिलिज मिति घोषणा गरिएको । धिरज मगर, अदिती बुढाथोकी र धिरज नाडकरको मुख्य भुमिका रहेको सिनेमा आगामी भाद्र ३१ गतेबाट प्रदर्शनमा आउने छ । मंगलबार महाशिवरात्रीको अवसर पारेर निर्माण टिमले सिनेमाको एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरिएको हो ।
सिनेमाको सार्वजनिक पोस्टरमा मुख्य तीन पात्रको क्यारेक्टर नाम पनि चिनाइएको छ । सिनेमामा अदिति विजेता, धिरज मगर बिक्रान्त र धिरज नाडकर रोनिश बनेका छन् । बाबरी फिल्मको प्रस्तुती र सुष्मा प्रोडक्सनको व्यानरमा निर्माण भएको सिनेमा कथा निर्देशक पौडेलले नै लेखका हुन् । पुष्पा अधिकारी निर्माता रहेको सिनेमाको सह-निर्मातामा सुष्मा गुरुङ छन् ।
क्रिकोणात्मक प्रेमकथामा आधारित सिनेमाको काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका रमणीय स्थानमा सिनेमाको छायांकन गरिएको छ । नरेन्द्र मैनालीको छायांकन रहेको सिनेमाका मुख्य सहायक निर्देशक रित सिंह बोहरा हुन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया