शुक्रबार ०५ बैशाख, २०८२
Friday, April 18, 2025

चुनाव भन्दा ठूलो संविधान र लोकतन्त्र हो : रामचन्द्र पौडेल

फाइल तस्बिर

काठमाडौँ : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले चुनाव भन्दा ठुलो संविधान र लोकतन्त्र भएको बताएका छन् । शनिबार भरतपुर महानगरपालिकाद्वारा आयोजित विरोधसभालाई सम्बोधन गर्दै पौडेलले कांग्रेस चुनावमा नजाने भन्‍ने हुँदै नभएको बताउँदै भने–‘खेत भएमात्र अर्को पटक धान रोप्‍न पाइन्छ । खेतै नभएपछि कसरी धान रोप्‍ने त्यसैले अहिले संविधान जोगाऊ लोकतन्त्र जोगाउ । लोकतन्त्र र संविधान जोगियो भने त चुनवामा त जहिले पनि सहभागि हुन पाइन्छ नि ।’

पौडेलले चुनाव गराउनका लागि प्रतिनीधि सभा भंग नगरेको बताउदै मुलुकलाई संकट तर्फ धकेल्नका लागि भएको प्रतिनीधिसभा भंग भएको बताए । उनले भोली चुनाव पनि नहुने प्रतिनीधिसभा पनि नहुने अवस्थामा नेपाली जनताले ७० वर्ष संर्घष गरेर ल्याएको संविधान र राजनीति व्यवस्थाको हालत के हुन्छ भनि प्रश्‍न गरे ।

उनले प्रतिनीधि सभा पुनःस्थापना गरेर नेपालको राष्ट्रियतालाई नेपालको लोकतन्त्र र नेपाली जनतालाई न्याय दिन आग्रह गरेका छन् । प्रतिनीधिसभा विघटनले मुलुकको राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि एकै पटक प्रहार भएको बताउदै सर्वोच्च अदालतले न्याय दिनेमा विश्‍वास व्यक्त गरे । पौडेलले भने–‘म चितवनको यो सहिद भूमीबाट न्यायमुर्तीहरु सम्मान गर्दै सर्वोच्च अदालतलाई नेपालको राष्ट्रियतालाई नेपालको लोकतन्त्र र नेपाली जनतालाई न्याय दिन आग्रह गर्दछु ।’ 

उनले प्रतिनिधि सभाको विघटन लोकतन्त्रमाथि, संविधानमाथि र राष्ट्रमाथि एकै पटक प्रहार गरेको बताए । पौडेलले संविधनामा धारा ७६ (५)को प्रधानमन्त्रीले प्रतिनीधि सभा विघटन गर्न नपाउने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि कतै फैसला अन्तै जान्छ कि भन्‍नेमा आम नागरिकले शंका गरिरहेको बताए ।