'सरकारको असंवैधानिक सिफारिसमा राष्ट्रपतिले लाहछाप लगाउन मिल्छ ?'

काठमाडौँ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारको असंवैधानिक सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले लाहछाप लगाउँदा अहिले समस्या निम्तिएको बताएका छन् । प्रतिनिधि सभा विघटन विरुध्द बसन्तपुरमा शनिबार आयोजित कार्यक्रममा नेता सिंहले भने, 'संविधानको बर्खिलापमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन गर्न मिल्छ ?'
प्रधानमन्त्री ओलीले संविधानिपरीत गरेको प्रतिनिधि सभा विघटन सिफारिस टुलुटुलु हेरेर कांग्रेस नबस्ने सिंहले बताए । उनले प्रधानमन्त्री ओलीले आफैलाई संविधान ठानेको भन्दै, ओलीको त्यो प्रवर्त्तिविरुध्द सबै जागरुक हुनुपर्ने बताए । सिंहले प्रश्न गर्दै भने, 'राष्ट्रपति, प्रधानमन्त्री, सांसद सबैल] संविधानको पालना गर्नुपर्छ । मै संविधान हुँ भनेर संविधानविपरीत प्रतिनिधि सभा विघटन गर्न पाइन्न ?'
सिंहले कांग्रेसको नेतृत्वमा जारी भएको संविधानविरुध्द निर्वाचित प्रधानमन्त्रीले असंवैधानिक कदम उठाएमा टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए । संविधानको पालक भएकाले असंवैधानिक काम हुन नदिनु राष्ट्रपतिको दायित्व भएपनि राष्ट्रपति त्यसमा चुकेको उनको भनाइ थियो ।
त्यस्तै उनले सरकारले स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गर्दा, जनतालाई नियन्त्रण गर्ने विधेयक ल्याउँदा कतै नबोलेका पुष्पकमल दाहा, माधवकुमार नेपल, झलनाथ खनाल, डा बाबुराम भट्टराईहरू अहिले पार्टीमा लेनदेन नमिलेपछि बोल्न थालेको बताए ।
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

कार्यकर्ता भेला गर्दै एकीकृत समाजवादी
कांग्रेसको महिला संघका २० केन्द्रीय सदस्यले किन दिए सामूहिक राजीनामा ?
रास्वपाको केन्द्रीय समिति बैठक आज

प्रतिक्रिया