न्यायाधीशलाई भेटेको प्रमाणित गर्न प्रधानमन्त्री ओलीको चुनौती

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायाधीशहरूले आफूलाई भेटेको भन्ने विषय प्रमाणित गर्न चुनौती दिएका छन् । नेकपा प्रदेश-१ को प्रदेश सम्पर्क कमिटीले काठमाण्डौँमा आयोजना गरेको कार्यकर्ता भेलामा ओलीले आफूले प्रधानमन्त्री भएको बेलामा सायद कहिल्यै नभेटेको बताए । उनले भने, 'मैले यसपटक मात्रै होइन, सायद कहिलेही भेटेको छैन ।'
उनले झुट प्रचार गरेर न्याय प्रणालीमाथि प्रहार गर्ने काम भइरहेको बताए । भेटघाटबारे समाचार छाप्ने संञ्चारमाध्यमलाई ‘झुट बोल्ने कर्तव्यको ठेक्का लिएको ’संज्ञा दिए । उनले भने 'न्याय प्रणालीमाथिको विश्वास हटाउन, न्याय प्रणालीमाथिको गम्भीर प्रहार र घिनलाग्दा कुरा के हुनसक्छ । उहाँहरू यस कुरालाई प्रमाणित गरेर देखाउन सक्छुहुन्छ ?'
प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला प्रधानमन्त्रीले ४ जना न्यायाधीशलाई भेटेको भन्दै शुक्रबार संबैधानिक इजलासमा रिट निवेदकको तर्फबाट विघटित प्रतिनिधि सभाकी सांसद शशी श्रेष्ठले प्रश्न उठाएकी थिइन ।
उनले सत्ताधारी पार्टी भित्र भएको ‘कपट पुर्ण तमासा’ले व्यवधान श्रृजना गराएको बताए । प्रधानमन्त्री ओलीले नेकपाभित्र चरम अराजकता र अनुशासनहिनता बढ्दै गएको पनि बताए । उनले भने, 'हामो पार्टीमा जस्तो भाँडभैलो, अराजकता र अनुशासनहिनता संसारमा कहीँ देख्नुभएको छ ? आफ्नै अध्यक्षविरुध्द टेलिभिजनमा गयो मनपरी बोल्यो । त्यत्ति अराजकता, त्यत्ति अनुसासनहिनता कही देख्नुभएको छ ?'
उनले राष्ट्रपति जस्तो सम्मानित संस्थामाथि आक्षेप लगाउने काम गरिएकोमा रोष प्रकट गरे ।
ओलीले केही विषय नपाएपछि मन्त्रिपरिषद्ले प्रतिनिसभा विघटन गरी निर्वाचनमा जाने निर्णयमा धारा खुलाईएको छैन भनेर टिप्पणी गरेको बताए । मन्त्रिपरिषद्ले संसद विघटन गर्ने सम्बन्धमा गरेको निर्णयमा धारा खुलाईएको छैन भन्नेहरूलाई उनले प्रश्न गरे- 'प्रतिनिधिसमा विघटन गरेर निर्वाचनमा जाँदा त्यसको निर्णय गर्दा धारा खुलाएर गर्नुपर्छ भनेर संविधानको कुन धारा, कुन ऐनको धारामा छ कुन नियमावलिमा छ ? सर्वोच्चमा बहस गर्न जाँदा त्यत्ति त थाहा हुनुपर्छ नि ।'
आफुहरूको किर्ते गर्ने चलन नभएको उनले बताए । 'साढे ३ बजे दर्ता गर्न लगेकोमा साढे १० : ४० मै म कहाँ आएको थियो भनेर र्किते सनाखत गरेर चल्ने हाम्रो चलन छैन ।'
उनले दाहाल-नेपाल समूहले सर्वोच्च अदालतको हुर्मत लिने काम गरेको र संसद विघटन भइसकेको बेलामा निर्वाचन गराउन हुदैन भनेर धम्की दिदै हिडेको बताए ।

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न माग

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

प्रतिक्रिया