क्रिस्टल प्यालेसविरुद्ध संवेदनशिल पेप ग्वार्डिओला

काठमाडौं : प्रिमियर लिग फुटबलमा साना भनिने टिमविरुद्ध प्रायःजसो ठूलो गोल अन्तरको जित दर्ता गर्ने भ्यान्चेष्टर सिटी क्रिस्टल प्यालेससँग भने हैरान हुँदै आएको छ । लिगका पछिल्ला पाँच भेटमध्ये दुईमा मात्रै विजय हात पारेको सिटीले यसपटक भने प्यालेसलाई इतिहाद मैदानमा आतिथ्यता प्रदान गर्दा विशेष सर्तकता अपनाउनेछ ।
आइतबार राती हुने खेल अघि आयोजित पत्रकार सम्म्लेनमा सिटी प्रशिक्षक पेप ग्वार्डिओलाले प्यालेसविरुद्ध जित निकाल्न आफुहरू दबाबमा रहेको बताए । सन् २०१८ को डिसेम्बरमा प्यालेससँगको खेल ३-२ ले हारे देखि ग्वार्डिओलाले रोय हडसनको टिमलाई सहज रुपमा लिने नगरेको जनाए । ‘हामीले इतिहादमै भएका पछिल्ला दुई खेलमा उनीहरूलाई हराउन सकेका छैनौं । त्यसकारण आइतबारको खेललाई लिएर हामी एकदमै संवेदनशिल छौं’ ग्वार्डिओलाले भने ।
त्यसो त सिटीको बलियो लय फर्किएको पनि छ । सिटी १४ खेलमा (सबै प्रतियोगितामा गरी) अपराजित छ । गएका चार लिग खेलमा जित दर्ता गरेको सिटी अंक तालिकाको तेस्रो स्थानमा छ । यद्यपी सिटीका प्रशिक्षक ग्वार्डिओला प्यालेसले पेश गर्ने चुनौति प्रति सचेत छन् । पछिल्लो लिग खेलमा सिटीलाई बराबरीमा रोकेको प्यालेसले फेरी पनि समस्या सिर्जना गर्छ भन्ने अनुमान ग्वार्डिओलाले गरेका छन् ।
‘प्यालेस सधैं स्पष्ट योजनाका साथ मैदानमा उत्रन्छ । त्यसैले हामीले धैर्यतापूर्वक खेल्नुपर्छ । केही दिन अघि मात्रै उनीहरूले आर्सनललाई बराबरीमा रोकेका छन् । त्यस नतिजाले प्यालेसका खेलाडीहरूलाई पक्कै उत्साहित बनाएको हुनुपर्छ ।’ ग्वार्डिओलाको भनाई थियो ।
गत महिना लिभरपुलसँग ७-० र एस्टन भिल्लासँग ३-० ले पराजित भएपछि प्यालेसले सुधारिएको प्रदर्शन गरेको छ । गएका तीन खेलबाट महत्वपूर्ण पाँच अंक बटुल्दा प्यालेसले आर्सनलको अलावा लेस्टर सिटीलाई पनि बराबरमा रोक्न सफल भएको छ । जारी सिजनमा ६ जित र सात बराबरी दर्ता गरेको प्यालेस लिग अंक तालिकाको १३ औ स्थानमा रहेको छ ।
लिगमा खराब रक्षापंक्ति भएका टिमहरू मध्येको एक प्यालेसका विरुद्ध घरेलु मैदानमा उत्रदा सिटीसँग पहिलो रोजाइका स्ट्राइकर सर्जियो अग्वेरो हुने छैनन् । चोटका कारण जारी सिजन धेरै खेल गुमाएका अग्वेरो कोभिड-१९ पोजिटिभ भएका ब्यक्तिसँग सम्पर्कमा रहेको भनेर आइसोलेसनमा राखिएका छन् ।
अर्जेन्टाईनको अनुपस्थितीमा ग्वार्डिओलाले केभिन डे बु्रएनालाई ‘फल्स नाइन’ का रुपमा उपयोग गर्ने सम्भावना छ । सिटीसँग एमेरिक लापोर्टे र नाथन आके पनि हुनेछैनन् । दुबै रक्षक ‘मस्कुलर’ चोटका कारण मैदान बाहिर छन् । उता प्यालेसका लागि मामादौ साखो बाहेक सबै मुख्य खेलाडीहरू उपलब्ध छन् ।

गोधुली रनिङ कपको उपाधि धरान–१४ लाई

लिभरपुलको पुन: जित, ७३ अंकसहित पहिलो स्थानमा

आज आइपीएलका सबैभन्दा महँगा खेलाडी आमुने-सामुने हुने

एनसेल एनएसएल सिजन–३ सुरु, आज बुटबल लुम्बिनी एफसी र झापा एफसीबी भीड्दै

एन्फाको वार्षिक बजेट डेढ अर्ब

टिकटक बन्यो एनसेल नेपाल सुपर लिग सिजन ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर

मुख्यमन्त्री कपकाे उपाधी गुल्मीलाई

प्रतिक्रिया