प्रिमियर लिगमा चेल्सी र लेस्टरको जित

काठमाडौं : प्रिमियर लिग फुटबलमा चेल्सी र लेस्टर सिटी विजयी भएका छन् । शनिबार राती भएका खेलमा चेल्सीले फुलह्यामलाई १-० र लेस्टरले साउथह्याम्टनलाई २-० गोलले हराएको हो ।
चेल्सीलाई जिताउन मिसन माउण्टले ७८ औँ मिनेटमा निर्णायक गोल गरे । जितपछि चेल्सी २९ अंकसहित लिगको ७ औँ स्थानमा उक्लिएको छ । लेस्टरका लागि जेम्स मेडिसन र हार्वे वर्नले गोल गरे । जितपछि लेस्टर ३५ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको लिभरपुल तेस्रो स्थानमा धकेलिएको छ । शीर्ष स्थानको म्यान्चेष्टर युनाईटेडको ३६ अंक छ ।
आइतबार राती शीर्ष स्थानको म्यानचेष्टर युनाईटेड र तेस्रो स्थानको लिभरपुल खेल्दैछन् । (अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया