पोखरामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

कास्की : पोखरा-बाग्लङ राजमार्गमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । दुर्घटनामा पोखरा महानगरपालिका-१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीका अनुसार शनिबार राती भएको दुर्घटनामा दुवै जनाको उपचारका क्रममा मृत्यु भएको हो । जीपमा नौ जना सवार थिए ।
सबै घाइतेको पोखराकै सहारा अस्पतालमा उपचार भइरहेको छ । पोखरा-२५ हेमजाबाट पोखराबजारतर्फ आउँदै गरेको बा २ च ७४१० नम्बरको जीप राजमार्गको याम्दीमा अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ । (रासस)

मुस्ताङको तीन पालिकामा हिउँ चितुवा सर्वेक्षण

७ सय फरार प्रतिवादी पक्राउको सूचीमा

तनहुँमा सम्झौता म्याद अगावै कालोपत्र सकियो

खोल्साको टिम्मुरबाट आम्दानी

‘एक घर, एक धारा’ बनेपछि स्थानीय हर्षित

नयाँ पुस्ताले चासो नदिँदा भेडापालन सङ्कटमा

ऐनापहरामा ‘स्काइवाक’ निर्माण गरिने

प्रतिक्रिया