आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

कोरोनाभाइरसको खोप लगाएका व्यक्तिको मृत्यु

फाइल तस्वीर/राेयटर्स

काठमाडौं : ब्राजिलमा कोरोना भाइरस विरुद्धको खोप लगाएका उक ब्यक्तिको मृत्यु भएको छ । अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोप लाउँदा ति व्यक्तिको मृत्यु भएको हो ।

ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका क्रममा उक्त खोप दिइएका व्यक्तिको मृत्यु भएको जनाएको छ ।  तर एभिन्साले खोप परीक्षणको कार्य जारी रहने पनि जानकारी दिइएको छ ।

एन्भिसाले स्वयंसेवी ती व्यक्तिले खोप लगाएका हुन् वा प्लासेबो लगाएका हुन् भन्ने स्पष्ट भइ नसकेकोले यसलाई यही कारण भन्न नमिल्ने पनि अधिकारीहरुको धारणा छ । एन्भिसाले ती व्यक्तिको वैयक्तिक विवरण दिन भने गराउन अस्वीकार गरेको छ ।

अक्सफोर्ड विश्वविद्यालयले ब्राजिली नियामक निकाय एन्भिसाको सिफारिस बमोजिम खोप परीक्षण अभियान जारी रहने जनाएको छ । विश्वविद्यालयले क्लिनिकल परीक्षणका बारेमा सुरक्षात्मक कुनै समस्या नरहेको पनि बताएको छ । खोप निर्माता अस्ट्राजेनिकाले भने उक्त घटनाका बारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ ।

स्ट्राजेनिकाले खोप अभियान रोक्ने वा स्थगित गर्ने बारेमा पनि केही बताएको छैन । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो अद्यावधिक विवरण अनुसार ब्राजिलमा करिव ५३ लाख  व्यक्ति कोरोना संक्रमित भएका छन ।  एक लाख ५५ हजारको मृत्यु नै भैसकेको छ । (एजेन्सीहरु)