प्रतिनिधिसभा विघटनका विषयमा संविधानसभामा भएका बहसका रेकर्ड झिकाउन माग

काठमाडौं : वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटनका विषयमा संविधानसभामा भएका बहसका रेकर्ड झिकाउन माग गरेका छन् । आइतबारको संवैधानिक इजलासमा उनले संविधानसभामा संविधान बनाउँदा यो विषयमा बृहत् छलफल भएको भन्दै रेकर्ड झिकाउन माग गरेका हुन् ।
संविधान निर्माण ताका संविधान सभामा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिने बारे सबै दलको सहमति भएको उनले बताए । ‘संविधान बनाउँदा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने बारे अधिकार नदिने कुरामा सहमति भएको छ’ उनले भने, त्यति बेलाका संसदीय समितिमा पनि त्यसको रेकर्ड छ । त्यसलाई बसहमा ल्याउनुपर्छ ।’

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

प्रतिक्रिया