मैदा उद्योग संघको अध्यक्षमा दुगड दोहोरिए, भ्याट छुटको माग गर्ने निर्णय

काठमाडौं : नेपाल मैदा उद्योग संघको २२औं वार्षिक साधारण सभाले कुमुदकुमार दुगडलाई आगामी २ बर्षको लागि अध्यक्ष पदमा निर्विरोध चयन गरेको छ ।
शुक्रबार काठमाडौंमा बसेको सभाले प्रथम उपाध्यक्षमा दिनेशकुमार अग्रवाल, द्वितिय उपाध्यक्षमा शुलभ अग्रवाल, तृतिय उपाध्यक्षमा रमेश राजकर्णिकार र महासचिवमा राधेश्याम अग्रवाललाई चयन गरेको छ ।
दुगड यसअघि पनि २ कार्यकाल संघको अध्यक्ष भईसेका छन् । सभाले मुल्य अभिवृद्धि कर (भ्याट)का कारण आयातीत मैदासँग प्रतिस्पर्धा गर्न नसकेकाले भ्याट छुट गर्न सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।
मैदा नेपालमै आत्मनिर्भर भैसकेको हुंदाअन्य मुलुकबाट आयात हुने मैदा पूर्ण बन्देज हुनु पर्ने उनीहरूको माग छ । कच्चापदार्थ गहुँ र तयारी वस्तु मैदा आयातगर्दा भन्सार मुल्याङ्कन कम्तिमा दुई तहले फरक हुनुपर्ने बताएको छ ।
गहुँ र मैदा आयात गर्दाको भन्सार शुल्कको फरक कमभएकोले कम्तिमापनिदुई तह फरक हुनु पर्ने सभामा उल्लेख भएको थियो ।

अब नयाँ बानेश्वरमा पनि एचसी आरसी इजुकेशन हब

इनड्राइभः यात्राको भाडा आफैं निर्धारण गर्ने र मनपर्ने चालक रोज्ने स्वतन्त्रतासहित…

एक हप्ता लामो उत्सव र उत्साहजनक सहभागितासँगै यामाहा ब्लू फेस्ट सफलतापूर्वक सम्प…

कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौँ…

शुक्रबारको भाउमा सुनचाँदीको मुल्य

विश्वभरिका नेपाली सेफहरू एकजुट, अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरु…

पर्यटकका पर्खाइमा बयली

प्रतिक्रिया