प्रतिनिधि सभा विघटनविरुध्दको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुध्दको मुध्दा हेर्दाहेर्दैमा राखिएको छ । आइतबारदेखि संवैधानिक इजलासमा शुरु भएको मुद्दा सोमबारका लागि हेर्दाहेर्दमा राखिएको हो ।
आइतबार चार जना कानुन व्यवसायीले बहस गरे । अधिवक्ताहरू भीमार्जुन आचार्य, सुनिल पोखरेल, बद्री भट्ट र सन्तोष भण्डारीले बहस गरे । भण्डारी र भट्टले छोटो बहस गरेपनि संविधानविद आचार्यले झण्डै तीन घण्टा बहस गरेका थिए ।
यस्तै अधिवक्ता पोखरेलले पनि झण्डै २ घण्टा बहस गरेपछि आइतबारका लागि सुनुवाइ सकिएको हो । पोखरेलको बहस सकिएपछि प्रधानन्यायाधीश राणाले मुद्दा हेर्दाहेर्दैमा राखिएको र सोमबार पनि सुनुवाइ हुने जानकारी दिए ।
शुक्रबार प्रधानन्यायाधीश राणाको संवैधानिक इजलासले रिट निवेदकको माग अनुसार यो मुद्दा वृह्त पूर्ण इजलासमा लैजान अस्वीकार गरेका थिए । संवैधानिक इजलासमै सुनुवाई हुने भएपछि निरन्तर सुनुवाइ गर्न लागिएको हो ।
निरन्तर सुनुवाइ गर्न लागिएपनि झण्डै एक महिनासम्मै सुनुवाइ हुने देखिएको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि पुस ६ गते सर्वोच्चमा एक दर्जन रिट दर्ता भएका थिए ।

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न माग

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

प्रतिक्रिया