कंगनाविरुद्ध उजुरीको चाङ !

मुम्बई : बुधबार मात्र मुम्बई पुलिसले अभिनेत्री कंगना रनावतलाई जातीय वैमनस्य बढाउने ट्वीट गरेको भन्दै एक हप्ताभित्र हाजिर हुने आदेश दिँदै मुद्दा दर्ता गराएको थियो । बिहीबार एक अधिवक्ताले न्यायालयको अपमान गरेको भन्दै कंगनामाथि अर्को मुद्दा दर्ता गराएका छन् ।
पिटिआइका अनुसार अधिवक्ता काशिफ खानले मुम्बईको अँधेरीस्थित मजिस्ट्रेट कोर्टमै कंगनाविरुद्ध मुद्दा हाल्दै उनले ट्वीटमार्फत दुई समुदायबीच वैमनस्य फैलाएको आरोप लगाएका छन् । कंगनाले समुदाय, कानुन र सरकारी कार्यालय कसैलाई पनि सम्मान नगर्ने आरोपपत्रमा उल्लेख गरेका छन् । कंगनाले न्यायलयको पनि अपमान गर्ने गरेको आरोप लगाएको पिटिआइले जनाएको छ ।
मुम्बई प्रहरीले भने बान्द्रामा मुद्दा दर्ता गर्दै कंगना र उनकी बहिनी रंगोली चंदेलले दुर्भावनापूर्ण र अपमानजनक ट्वीट गरेको आरोप लगाएको छ । नोभेम्बर १० मा मुद्दामा सुनुवाई हुनेछ ।
कंगनाले मुद्दा हालेको खबरपछि प्रहरीलाई व्यंग्य गर्दै ट्वीट गरेकी छिन् । ‘पंगुइन सेनामा आसक्त, महाराष्ट्रका पप्पु प्रो । कंगनाको बहुद याद आइराछ हैन । केही छैन, म चाँडै आउँछु,’ उनले लेखेकी छिन् ।
सुशान्तसिंह राजपुतको मृत्युको कारण पत्ता लगाउन गम्भीरतापूर्वक काम नगरेको भन्दै कंगनाले मुम्बई प्रहरीविरुद्ध लगातार ट्वीट गर्दै आइरहेकी थिइन् ।

आमिर खानको ‘लालसिंह चढ्ढा’ अर्को सालको भ्यालेन्टाइनमा

‘ब्ल्याक विडो’लाई उछिन्दै ‘सङ ची’ बन्यो यो वर्षको सबैभन्दा कमाउने फिल्म

तिहारमा आउने भयो अक्षय र कट्रिनाको ‘सूर्यवंशी’

जेम्स बन्डको ‘नो टाइम टु डाई’को एडभान्स टिकट बिक्रीमा कीर्तिमान

के सामन्था र नागा चैतन्य छुट्टिएका हुन् ?

बलिउड अभिनेता दिलीप कुमारको निधन

‘मिर्जापुर २’ कतिमा बन्यो होला ?

प्रतिक्रिया