नाबालिका बलात्कारपछि हत्या प्रयास : झाडीमा छाेडेर हिँडेका थिए अभियुक्त

बुटवल : पाँच वर्षीया बालिकामाथि बलात्कारपछि हत्या प्रयास भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित कोटिहवामा पाँच वर्षीया बालिकालाई एक युवाले बलात्कारपछि हत्या प्रयास गरेका हुन् । घरबाट पसल जाँदै गरेकी बालिकालाई २८ वर्षीय युवकले बलात्कार गरेको आरोप लागेको हो । अभियुक्त कपिलवस्तु बाणगंगा-१२ घर भएका हाल तिलोत्तमा नगरपालिका-१३ बबनी बसेर मजदुरी गर्ने होमबहादुर विक रहेका हुन् । घटना माघ १ गतेको हो ।
बालिका हराएको सूचना आएपछि खोज्ने क्रममा बालिकालाई नजिकै रहेको स्थानीयको खेतनजिकै खोल्सामा अचेत अवस्थामा उनको अभिभावकहरुले फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए ।
अपराह्न ५ बजे घरबाट पसल जान निस्किएकी बालिका बेलुका करिब ७.४५ बजेसम्म घर नफर्केपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए । खोजतलास गर्ने क्रममा तिलोत्तमा-१५ कोटिहवामा खेत नजिकै खोल्सामा बालिकालाई गम्भीर अवस्थामा फेला पारेको थियो ।
मुखमा चोटपटक लागेकी बालिकाको गम्भीर अवस्थामा अहिले काठमाडौँ टिचिङ अस्पतालमा उपचार भइरहेको छ । बालिकालाई पहिला रुपन्देहीको सरकारी अस्पताल र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारको लागि पठाए पनि उपचार हुन नसकेपछि काठमाडौँ वीर अस्पताल पठाइएको थियो । वीर अस्पतालमा पनि उपचार सम्भव नभएपछि टिचिङ अस्पताल रिफर गरिएको हो ।
घटनाको विवरण अनुसारर अभियुक्त विकले घटना स्वीकार गर्दै बालिका मरेको भन्दै झाडीमा छाेडेर हिँडेका थिए । विवाहपछि श्रीमतीले छाडेको ति युवाले यसअघि पनि यस्ता गतिविधिको प्रयास गरेको स्थानीय माधवी साहनीले बताइन् । उनले गोठमा काम गर्ने उक्त युवाले महिला तथा बालबालिकाहरुलाई गलत नजरले हेर्ने गरेको दाबी गरिन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया