पहिलो टेस्टमा इंग्ल्याण्ड विजयी

काठमाडौं : श्रीलंकासँगको पहिलो टेस्ट क्रिकेटमा इंग्ल्यान्ड ७ विकेटले विजयी भएको छ। गालेमा घरेलु टिमलाई ७ विकेटले हराउँदै इंग्ल्याण्ड विजयी भएको हो । जितका लागि पाएको ७४ रनको लक्ष्य इंग्ल्याण्डले ३ विकेट गुमाएर भेट्टायो ।
उसका लागि जोनी बेयस्टोलेले अविजित ३५ रन र ड्यान लवेरेनसले अविजित २१ रनको योगदान दिए । श्रीलंकाले पहिलो पालीमा १३५ रन मात्रै बनाउन सकेको थियो । कप्तान जोय रुटको दोहोरो शतकको मद्दतमा इंग्ल्याण्डले पहिलो पालीमा ४२१ रन बनाएको थियो ।
तर दोस्रो पालीमा श्रीलंकाले सम्हालिएको प्रदर्शन गर्दै ३५९ रन बनायो । उसका लागि लाहिरु थिरिमान्नेले शतक बनाउँदै १ सय ११ रन जोडे । उनले शतक बनाएको टेस्टमा इंग्ल्यान्डले जितका लागि पाएको ७४ रनको झिनो लक्ष्य सजिलै भेट्टाएको हो । जितसँगै इंग्ल्याण्डले दुई खेलको टेस्ट क्रिकेट श्रृङ्खलामा १-० को अग्रता लिएको छ ।

शुभमन गिल भारतीय टेस्ट टिमको नयाँ कप्तान

बुद्धिचाल प्रतियोगिता : ८ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै

राष्ट्रिय महिला रग्बी सेभेन्स सोमबार

एफसी बार्सिलोनाका प्रशिक्षक फ्लिक एक वर्षको सम्झौता बढाउन सहमति

विश्वकपपछि मोड्रिचले मड्रिड छाड्ने

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

जुडो टोली बङ्गलादेश प्रस्थान

प्रतिक्रिया