रियल म्याड्रिडमा रामोसको कुरा मिलेन

काठमाडौं : रियल म्याड्रिडका कप्तान सर्जियो रामोसको स्पेनी क्लबसँगको सम्झौता ६ महिना पछि सकिँदैछ । ३४ वर्षीय रक्षकले १६ वर्षपछि रियल छाड्ने सम्भावना बढेको छ । सन् २००५ मा सेभियाबाट म्याड्रिड आएका रामोसलाई क्लबले नयाँ सम्झौता प्रस्ताव गरेपनि उनले अस्वीकार गरेको स्पेनी सञ्चारमाध्यले जनाएका छन् ।
रियलले उसको कप्तानलाई एक वर्षको सम्झौता प्रस्ताव गरेको तर रामोसले भने त्यो भन्दा लामो अवधिको सम्झौता चाहेको बताइएको छ । पछिल्लो समय युरोपियन क्लब फुटबलमा आफु खेलिरहेको क्लबसँग सम्झौता वा तलबमा कुरा नमिल्दा फ्रि-एजेन्टका रुपमा नयाँ क्लब जाने परिपाटी चलिरहँदा रामोसले पनि त्यही बाटो चुन्न लागेको संकेत गरेका छन् । तर रामोसका लागि कुनै पनि क्लबले सार्वजानिक तवरमा इच्छा जाहेर गरिसकेका छैनन् । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रामोसलाई अनुबन्ध गर्न चाहिरहेको खबर आइरहे पनि प्रस्ताव राखिसकेको छैन ।
रियलमा रामोसको तलब २४ मिलियन (प्रति वर्ष) भएकाले पनि उनलाई पीएसजी, म्यानचेस्टरका दुई ठूला क्लबहरू सहित थोरै क्लबहरूले मात्रै अनुबन्ध गनृसक्ने अवस्था छ । खेलजीवनको उर्ताद्धमा आइपुगेका रामोस यी ठूला क्लबहरूमध्ये एउटामा अनुबन्धित हुन चाहेको अनुमान छ ।
नेपाल बंगलादेशसँग पराजित, सेमि फाइनलबाट बाहिरियाे

नेपाल ६ बिकेटले बिजयी, बहराइन समूह चरणवाटै बाहिरियो

सन्दीप लामिछानेको क्यान कन्ट्रयाक्टबाट बाहिरिने निर्णय

नेपाल हङकङसँग पराजित

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ
फिफाको नयाँ निर्णय : सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोली सहभागी हुने

पिएम कप भलिबल अर्को महिनामा हुने

प्रतिक्रिया