ऋणको किस्ता तिर्ने म्याद ३ महिना थप्न माग, २ वर्ष घाटामा गएका ऋणीलाई कालो सूचीमा नराख्न आग्रह

काठमाडौं : कर्जाको सावाब्याज बुझाउने अवधि तीन महिना थप गर्न नेपाल राष्ट्र बैंकसँग निजी क्षेत्रले माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधि मण्डलले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटी यस्तो माग राखेका हुन् ।
सोमबार महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डल राष्ट्र बैंक पुगेको थियो । कोभिड-१९ का कारण उद्योग व्यवसाय प्रभावित भएपछि कर्जाको सावा ब्याज तिर्ने म्याद पुससम्म थपिएको थियो । यो म्याद बढाएर चैतसम्म पुर्याउनुपर्ने महासंघको माग छ ।
राष्ट्र बैंकको पछिल्लो अध्ययनले अहिले अर्थतन्त्रमा केहि सुधार भएपनि ५४ प्रतिशत व्यवसाय मात्र सञ्चालनमा आएको देखाएको छ । सञ्चालनमा रहेका अधिकांश व्यवसाय पनि विशेषगरि बजारमा माग नबढेर अझै नगदको अभाव झेलिरहेको उनीहरूको गुनासो थियो । .
कोभिडबाट प्रभावित उद्योग व्यवसायको पुनरुत्थानका लागि मौद्रिक नीति मार्फत घोषणा गरिएका राहत प्याकेजहरू कार्यान्वयनमा धेरै समस्याहरू रहेको महासंघको भनाइ छ । मौद्रिक नीति मार्फत ५० अर्बको छुटै कोष बनाएर व्यवसाय निरन्तरताका लागि दिइने कर्जाको भर्खरैमात्र कार्यान्वयन सुरु भएको छ । करिब १० महिनादेखि प्रभावित व्यवसाय सञ्चालन निक्कै कठीन भइरहेको उनीहरूले बताएका छन् । यस्तो कर्जा बिना कुनै झन्झट उपभोग गर्न पाउने व्यवस्थाका लागि केन्द्रीय बैंकले विशेष भूमिका निर्वाह गर्नुपर्ने महासंघको भनाइ छ ।
दुई वर्ष घाटामा गएका ऋणीलाई कालोसूचीमा नराख्न आग्रह
राष्ट्र बैंकका गभर्नरले बारम्बार आग्रह गर्दा पनि कतिपय बैंक वित्तिय संस्थाले उद्यमी व्यवसायीलाई विभिन्न वहानामा कालोसूचीमा राख्ने गरेको उनीहरूको गुनासो छ । यस्तो अवस्थामा एकतर्फी रुपमा कालो सूचीमा नराखिदिन बैंक वित्तिय संस्थाहरूलाई आग्रह गर्दै यसको प्रभावकारी अनुगमनका लागि केन्द्रिय बैंक समक्ष अनुरोध गरेको महासंघले जानकारी दिएको छ । साथै लगातार दुई बर्ष घाटामा गएको ऋणीलाई 'वाचफुल' लिष्टमा राख्ने व्यवस्था पनि हाललाई स्थगित गर्न महासंघले आग्रह गरेको छ ।
महासंघबाट गएको प्रतिनिधिमण्डलमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, वैंक विमा तथा वित्तिय समितिका सभापति साहील अग्रवाल, चलचित्र तथा मनोरञ्जन फोरमका सभापति आकाश अधिकारी र उपमहानिर्देशक गोकर्ण अवस्थी लगायतको उपस्थिति थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया