प्रदेशको बजेट खर्च संघको भन्दा कमजोर

काठमाडौंः कोभिड–१९ महामारीले प्रभावित भएको अर्थतन्त्र पुनरुत्थानका लागि सरकारी खर्च वृद्धि प्रभावकारी उपाय रहेको भएपनि संघदेखि प्रदेश सरकारसम्मको बजेट कार्यान्वयन कमजोर देखिएको छ । संघीय सरकारले प्रदेश र स्थानीय सरकारमा अनुदान हस्तान्तरण गरेर खर्च देखाउने गरे पनि प्रदेश र स्थानीय तहमा पनि बजेट खर्च शिथिल देखिएको छ ।
प्रदेशहरूको बजेट खर्चमा लुम्बिनी प्रदेश सबैभन्दा अघि छ । लुम्बिनी प्रदेशले कुल ३६ अर्ब ३५ करोड रुपैयाँ मध्ये झण्डै २३ प्रतिशत खर्च गरेको छ । विकास खर्चतर्फ भने प्रदेश १ सबैभन्दा अगाडि देखिएको छ । प्रदेश १ ले २१ अर्ब ९५ करोड रुपैयाँ विकास बजेट विनियोजन मध्ये ४ अर्ब ८५ करोड रुपैयाँ अर्थात् २२.११ प्रतिशत खर्च गरेको छ ।
कर्णाली प्रदेशको बजेट खर्च सबैभन्दा कमजोर देखिएको छ । कोभिड–१९ महामारीका अतिरिक्त कर्णाली प्रदेशको सत्ता परिवर्तनको किचलोका कारण विकासका दृष्टिकोणले सबैभन्दा पिछडिएको प्रदेशमा नै बजेट कार्यान्वयन कमजोर छ । कर्णाली प्रदेशको ३३ अर्ब ७४ करोड रुपैयाँको बजेटमध्ये २ अर्ब ८३ करोड रुपैयाँमात्र खर्च भएको छ ।
इकागजले सबै प्रदेशहरूबाट संकलन गरेको खर्च सम्बन्धि विवरण अनुसार कर्णाली प्रदेशको १९ अर्ब ७७ करोड रुपैयाँ विकास बजेटमध्ये १ अर्ब ११ करोड रुपैयाँ मात्र खर्च भएको छ । चालु खर्च १३ अर्ब ९६ करोड रुपैयाँ विनियोजनमध्ये अर्धवार्षिक अवधि (साउन–पुस) मा १ अर्ब ७१ करोड रुपैयाँ खर्च भएको छ । कर्णालीको कुल बजेट खर्च ८.३८ प्रतिशत र पूँजीगत बजेट खर्च ५.६५ प्रतिशत रहेको छ ।
विकास खर्चतर्फ प्रदेश १ र चालु खर्चतर्फ लुम्बिनी प्रदेश भने अगाडि देखिएका छन् । प्रदेश १ ले २१ अर्ब ९५ करोड रुपैयाँ पूँजीगत विनियोजनमध्ये ४ अर्ब ८५ करोड रुपैयाँ अर्थात् २२ प्रतिशत रकम खर्च गरेको छ । त्यस्तै, लुम्बिनी प्रदेशले कुल विनियोजित १७ अर्ब ६८ करोड रुपैँया चालु खर्चमध्ये ४ अर्ब ७४ करोड रुपैयाँ खर्च गरेको छ । प्रदेश ५ ले चालु खर्चतर्फको विनियोजन नै अन्य प्रदेशको तुलनामा सापेक्ष रुपमा कम भएकाले चालुतर्फको खर्च प्रतिशतमा केही बढी देखिएको उल्लेख गरेको छ । यद्यपि, पुँजीगततर्फको बजेट बढाएर चालु खर्च विनियोजनमा सबैभन्दा मितव्ययी भने गण्डकी प्रदेश देखिन्छ । गण्डकी प्रदेशको पूँजीगत खर्च २० अर्बमध्ये १६.४ प्रतिशत खर्च गरेको छ ।
प्रदेशहरूले स्थानीय तहलाई पठाएको अनुदानलाई समेत खर्चमा देखाउँछन् । प्रदेशहरूको बजेट कार्यान्वयन क्षमता विकासको अभावमा तल्लो तहका सरकारमा पनि संघकै नियती दोहोरिने देखिएको छ । राजनीतिक पहुँच र प्रभावका आधारमा आयोजनाको पूर्व तयारी बिना नै बजेट विनियोजन गर्ने, बोलपत्र दस्तावेज विकास, ठेक्का व्यवस्थापन, ठेकेदारको क्षमता, प्रभावकारी अनुगमन प्रणालीको अभावमा विकास बजेट खर्च गर्न समस्या रहँदै आएको छ ।

अब नयाँ बानेश्वरमा पनि एचसी आरसी इजुकेशन हब

इनड्राइभः यात्राको भाडा आफैं निर्धारण गर्ने र मनपर्ने चालक रोज्ने स्वतन्त्रतासहित…

एक हप्ता लामो उत्सव र उत्साहजनक सहभागितासँगै यामाहा ब्लू फेस्ट सफलतापूर्वक सम्प…

कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौँ…

शुक्रबारको भाउमा सुनचाँदीको मुल्य

विश्वभरिका नेपाली सेफहरू एकजुट, अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरु…

पर्यटकका पर्खाइमा बयली

प्रतिक्रिया