इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्बको आइपीओमा १४ अर्ब माग

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंकको निष्काशन खुला भएको साधारण सेयर(आईपीओ)मा सोमबार साँझ ५ बजेसम्म ११ लाख ७७ हजार ९ सय २० जनाले आवेदन दिएका छन् ।
अहिलेसम्मकै ठूलो ८ अर्ब रुपैयाँको ८ करोड कित्ता आईपीओ निष्काशन खुला भएको हो । आज साँझसम्म १४ अर्ब १९ करोड ९६ लाख ४२ हजार रुपियाँ बराबरको १४ करोड १९ लाख ९६ हजार ४ सय २० कित्ताका लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङ हाउसले जनाएको छ ।
कुल ८ करोड कित्तामध्ये ०.२० प्रतिशतले हुन आउने १ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याईएको छ । त्यस्तै, थप ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सेयर भने सामुहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता भने सर्व साधारणका लागि आवेदन खुला गरिएको हो ।
बैंकको आईपीओ भोलि मंगलबार बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ ।

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

वीरगञ्जको गर्मीमा विद्युत कटौतीले सर्वसाधारण आजित

बजेटमा उल्लेख भएको ‘टेक एण्ड पे’को व्यवस्था सच्चिन्छः उर्जामन्त्री खड्का

सुनको मूल्य बढ्यो

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

प्रतिक्रिया