शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

नार्गोनो काराबाखमा किन लड्दैछन् अर्मेनिया र अजरबैजान ?

फाइल तस्वीर

नार्गोनो काराबाखको बिषयलाई लिएर अर्मेनिया र अजरबैजानबीच दशकौ देखि द्वन्द्व छ । गत सेप्टेम्बरमा यी दुई मुलुक फेरि युद्धमा उत्रिए । जसलाई सन् १९९० पछि कै डरलग्दो भनेर चित्रण गरिएको छ । 

नार्गोनो काराबाख, अजरबैजानको हिस्सा भएपनि त्यहाँ बस्ने अर्मेनियन हुन् । अन्तराष्ट्रिय समुदायले पनि नार्गोनो काराबाखलाई अजरबैजान कै भूभाग मानेको छ । र त्यस क्षेत्रमा दुई मुलुकका बीच बारम्बार झडपहरू हुदै आएकै हुन् ।

तर यसपटकको झडप फरक प्रकृतीको छ । कमसेकम कुटनितिक मामलाका जानकार र बिज्ञहरू यसै भन्छन् । किनभने यसपटक दृश्यमा देखिएको छ, टर्की । जसले अजरबैजानलाई प्रत्यक्ष सहयोग गरिरहेको छ । र यसपटक स्थिती स्थिती झडपमा होइन, ठुलो युद्धमै पुगेर ठोक्किन सक्छ ।  दुबै पक्षले आधुनिक ड्रोन तथा लामो दुरी सम्म मार हान्न सक्ने युद्ध तोपहरूको तैनाथी र प्रयोग गरेको देखिएको छ ।

अजरबैजान भाषगत हिसाबले टर्कीसँग नजिक छ । त्यसकारण रेजेप तायिप एर्डोगनले रुसको प्रभाव क्षेत्रमा रहेको अजबैजानलाई अर्मेनियाका विरुद्धमा हुनसक्ने युद्धमा सहयोग गर्ने सम्भावना बलियो छ । र टर्कीले त्यस्तो कदम उठाउनु भनेको अर्मेनिया र अजरबैजानबीचको सिमा झडपलाई क्षेत्रिय युद्धमा परिरणत हुने सम्भावनामा मलजल गर्नु हो ।  

युद्ध सीमाबाट बिस्तारै अन्यत्र सरिरहेको छ । अजरबैजान, नार्गोनो काराबाख र अर्मेनियाका शहरहरूसम्म क्षेप्यास्त्र हानिएको छ । नार्गोनो काराबाखको राजधानी स्टेपननार्केटमा बम वर्षा गरिएको छ । त्यस्तै अर्मेनियाले आफ्नो दोस्रो ठुलो शहर गान्जामा रकेट प्रहार गरेको आरोप अजरबैजानले लगाएको छ । 

दुई मुलुकबीचको पछील्लो गोलाबारी सेप्टेम्बर २७ बाट सुरु भएको  थियो । रुसको मध्यस्थतामा दुबै मुलुक युद्धबिरामका लागि राजी भए । तर यो धेरै दिन सम्म टिकेन । अनि, दृश्यमा आयो फ्रान्स । अक्टोबर १७ मा फ्रान्सको मध्यस्थता पुनः दुई मुलुक युद्धबिराममा फर्किए ।

अजरबैजान र अर्मेनिया किन द्वन्द्वमा फसे?

कारणहरू:

१, नार्गोनो काराबाखको जातिय सघंर्ष

नार्गोनो काराबाख अजरबैजानको हिस्सा भएपनि त्यहाँ बस्ने मानिस जातिय हिसाबले अर्मेनियन हुन् । त्यहाँ बर्षौ देखि स्थानियको अजरबैजानी सरकारसँग द्वन्द्व छ । उनीहरूको द्वन्द्व सोभियत सघं अस्तित्व रहदाँ देखि नै बल्झिदै आएको हो । त्यतिबेला नार्गोना काराबाखका अर्मेनियनहरूले अजरबैजानबाट छुट्टिएको घोषणा गरे । सन १९९४ सम्म अजरबैजान सेनासँग युद्ध लड्दै नार्गोना काराबाखका अर्मेनियन मिलिसियाहरूले थप जमिन कब्जा गर्दै गए ।

ओट्टोमन साम्राज्यले लामो समय टर्की र वरिपरिको ठूलो भूभागमा शासन गर्यो । यस साम्राज्य अन्तिम बर्षहरूमा रहदा अर्मेनियनहरू मथि क्रुर ब्यबहार गरिएको र उनीहरूलाई टर्कीबाट लखेटिएको बताइन्छ । कमसेकम अर्मेनियनहररु यस्तो दाबी गर्छन् । त्यसलाई उनीहरू अहिले सम्म पनि जेनोसाइडको नाम दिन्छन् ।  त्यसकारण पनि अर्मेनियनहरू अजरबैजान अन्र्तगत पर्ने नार्गोना काराबाखलाई आफुहरूले रक्षा गर्नपाउनु पर्ने बताउछन् ।

सन् १९९४ मा भएको युद्ध रोकिदा करिब ६ लाख अजरबैजानीले नार्गोनो काराबाख छाडिसकेको स्थिती थियो । नागार्नो काराबाखमा अर्मेनियनहरूले आफ्नो पकडलाई बलियो त बनाए नै, वरिपरिका सात जिल्लामा समेत कब्जा जमाए । त्यसपछि स्वभाबिक रुपमा नार्गोनो काराबाखमा रहेका अर्मेनियनहरूले आफ्नो मातृ मुलुक अर्मेनियासँग सम्बन्ध मजबुत बनाए । अर्मेनियाले त्यसै पनि नार्गोनो काराबखलाई आफुमा बिलय गराउँछु भन्ने सपना त बोकेकै थियो ।

स्थानिय द्वन्द्वमा क्षेत्रीय शत्ति तानिने खतरा

रुस र टर्की धेरै पटक अजरबैजान र अर्मेनियाका बीचमा आएका छन् । जब–जब यी दुई पारस्पारिक शत्रु भिडे तब–तब स्थितिलाई सामान्य बनाउँन रुस र टर्की मध्यस्थता गर्न आए ।

अर्मेनिया र अजरबैजान दुबैको साथी हो, रुस । त्यस्तै टर्की अहिलेको अवस्थामा अजरबैजानसँग नजिक छ । अनि रुस र टर्कीको सम्बन्ध आफंैमा जटिल छ । खाडीमा रुस र टर्की दुबै आ–आफ्नो प्रभाव जमाउन लगातार लागिपरिरहेका छन् । कतिपय मुद्दामा यी दुई मुलुकहरू नजिक छन् भने कतिपयमा फरक कित्तामा ।  टर्की नाटो सदस्य भएपनि उसको अमेरिकासँग पछिल्ला वर्षहरूमा टाढिएको छ ।

टर्कीले अमेरिकाको सट्टा रुसबाट हतियार तथा अन्य महत्वपूर्ण सैन्य साधनहरू खरिद गरिरहेको छ । र सँगसँगै सिरिया र लिबियामा रुसमा बिरुद्व छद्म युद्ध पनि लडिरहेकै छ । यस बर्षको सुरुवातमा रसियन हवाई आक्रमणमा परेर सिरियामा टर्किस सेना मारिएका थिए । तर त्यसले दुई मुलुकबीचको सम्बन्धमा देखिंदो खटपट ल्याएन ।

सिरियामा जारी गृहयुद्धमा पछिल्ला बर्षहरूमा रुस र टर्की दुबै सहभागी छन् । तर उनीहरू बिपरित कित्तामा छन् । लिबियामा संयुक्त राष्ट्रसंघले मान्यता दिएको सरकार छ । जसले राजधानी त्रिपोली र लिबियाको आधाभन्दा बढी भागमा शासन गर्छ । बाँकी लिबियामा भने खलिफा हफ्तार नेतृत्व समुहको कब्जामा छ । उनलाई टर्की लगायतका शक्तिहरूको साथ छ ।

गत जुलाई र अगस्टमा, अजरबैजानी सेनासँग संयुक्त अभ्यास गर्ने भन्दै टर्कीले त्यसतर्फ ठूलो संख्यामा आफ्नो सेना र सैन्य साधन तथा सामाग्री पठाएको थियो ।  अर्मेनियाले आफुसँगको युद्धमा अजरबैजानलाई सहयोग गर्न टर्कीले एफ–१६ लगायतका युद्धक विमान पनि पठाएको दाबी गरेको छ । टर्कीले अर्मेनियाको त्यस्तो आरोपको खण्डन गरेको छ ।   

तर स्याटलाईट फोटोहरूले टर्कीका युद्धक विमान अजरबैजानी हवाई अडड्मा देखाएपछि अजरबैजानका राष्ट्रपतिले टर्कीको एफ­–१६ आफ्नो मुलुकमा आएका तर अर्मेनियासँगको युद्धमा भने प्रयोग नभएको दाबी गरे ।

त्यसैबीच अर्मेनियाले टर्कीमाथि अर्को आरोप पनि लगायो । टर्कीले सिरियन मुलका लडाकुलाई नार्गोर्नो काराबाखमा अर्मेनियनसँग युद्ध लड्न पठाएको भन्ने । अर्मेनियाको यो आरोपलाई रुस र फ्रान्सको पनि सर्मथन रह्यो । 

नसुनिएको चेतावनी

विश्वभर फैलिएको कोभिड–१९ (कोरोना भाइरस) महामारी र बेलारुसको राजनीतिक अस्थिरताले अर्मेनिया र अजरबैजानबीचको सम्भावित युद्धलाई ओझेलमा पार्यो । कुटनीतिक जानकारहरूको भनाई मान्ने हो भने अन्तराष्ट्रिय मध्यस्थताकर्ताहरूले अर्मेनिया र अजरबैजानबीच हुन लागेको युद्धको संकेतहरूलाई ख्याल गरेनन् ।

कोरोना भाइरसका कारण ‘शटल डिप्लोमेसी’ ले पनि स्थान पाउन सकेन । मध्यस्थता प्रयासका लागि कुनै पनि शक्ति अगाडि नआएपछि दुबै पक्षमा मुठभेडमा जानुपर्छ भन्नेहरू हाबी भएको इन्टरन्याशनल क्राइसिस ग्रुपमा कार्यरत विश्लेषक ओलिसा भर्तानयान बताउँछिन् ।

गत जुनमा जब अर्मेनियाको आक्रमणमा परि अजरबैजान सेनाका जनरल र अरु उच्च पदस्थ सैनिक अधिकारी मारिए, तब टर्कीले तुरुन्तै अजरबैजानलाई जवाफी हमलाका लागि सहयोगको प्रस्ताब राख्यो । टर्कीले अजरबैजानी सेनासँग गरेको संयुक्त अभ्यासले पनि अवस्थालाई झन जटिल बनाइरहेको थियो । 

शान्तिको सम्भावना

अर्मेनिया र अजरबैजानबीच बृहत शान्ति सम्झौता हुने सम्भावना न्यून छ । मस्कोको मध्यस्थततामा भएको युद्धविराम भंग भएपछि अजरबैजानी राष्ट्रपतिले अर्मेनियालाई थप युद्धका लागि तयार रहन चेतावनी दिनुले पनि स्थिती कती जटिल छ भन्ने देखाउँछ ।

दुबैपक्ष शान्तिका लागि तयार देखिदैनन् । अर्मेनिया र अजरबैजानमा एकअर्का बिरुद्ध बयानबाजी गर्ने सिलसिला बढ्दो छ । संयुक्त राष्ट्रसंघका अनुसार पछिल्लो द्वन्द्वमा चारसय भन्दा बढी अर्मेनियन सैनिकले ज्यान गुमाएका छन् भने ५० भन्दा बढी सर्बसाधारण पनि मारिएका छन् । यता अजरबैजान तर्फ कती हताहती भयो, यकिन छैन ।

अर्मेनिया र अजरबैजानबीच शान्ति कायम गर्न अमेरिकाले पनि प्रयास नगरेको होईन । बीस वर्षअघि उसले दुबै मुलुकका प्रतिनिधिहरूलाई फ्लोरिडामा वार्ताका लागि बोलाएको थियो । तर २००१ मा पेन्टागनमाथिको आक्रमणसँगै विश्वको राजनीति नै परिवर्तन भयो । अमेरिका आतंकबाद बिरुद्धको लडाईमा होमियो । त्यसले अर्मेनिया र अजरबैजानबीचको वार्ता मध्यस्थता ओझेलमा प¥यो ।  

सन् २००१ मै अर्मेनिया र अजरबैजानका नेतृत्व एकआपसको कब्जामा रहेको भूमी सट्टापट्टा गर्न राजी भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका थिए । तर दुबै मुलुकहरू त्यस किसिमको सम्झौतामा औपचारिकरुपमा पुग्नु अगाबै पछि हटे । 

अहिलेको द्वन्द्वको अन्त्य कसरी होला? अथवा यसको नतिजा के हुन सक्छ? बिश्लेषकहरू भन्छन्, ‘अर्मेनिया र अजरबैजान सेप्टेम्बर अघि कै झै सामान्य अवस्था (स्टेटस क्वो) मा नै फर्के भने त्यो नै युद्धले दिने सकरात्मक नतिजा हुनेछ । त्यसले कमसेकम रुस र टर्की सम्मिलत युद्धको सम्भावनालाई तत्कालका लागि टार्नेछ । न्युर्योक टाइम्स