कति बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ?

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई-दुई रुपैयाँले बढाएको हो ।
नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल एक सय १० रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ पर्नेछ । पछिल्लो डेढ महिनामा इन्डियन आयल कर्पोरेसन आइओसीबाट मूल्य अचाक्ली बढेर आएकाले यसपटक मूल्य बढाउनुपरेको आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए ।
‘पछिल्लो डेढ महिनामा हामीले नेपाली बजारमा इन्धन मूल्य समायोजन गरेका छैनौँ । यो अवधिमा प्रतिलिटर पेट्रोलमा ७.६१ रुपैयाँ, डिजेलमा ६.३९ रुपैयाँ, मट्टीतेलमा ६.०४ रुपैयाँ, हवाई इन्धनमा ६.९० रुपैयाँ बढेर आइसकेको छ ।
'खाना पकाउने एलपी ग्यासमा १९.०६ रुपैयाँ प्रतिसिलिन्डर बढेर आएको छ,’ निगमका प्रवक्ता उपाध्यायद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘यति ठूलो मूल्यवृद्धिलाई हामीले थेगेर उपभोक्तालाई मार पर्नबाट बचायौँ । यसपटक भने बाध्य भएर बढाएका छौँ ।’
मूल्य बढाएपनि निगमलाई घाटा रहेको उनको दाबी छ ।

अब नयाँ बानेश्वरमा पनि एचसी आरसी इजुकेशन हब

इनड्राइभः यात्राको भाडा आफैं निर्धारण गर्ने र मनपर्ने चालक रोज्ने स्वतन्त्रतासहित…

एक हप्ता लामो उत्सव र उत्साहजनक सहभागितासँगै यामाहा ब्लू फेस्ट सफलतापूर्वक सम्प…

कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौँ…

शुक्रबारको भाउमा सुनचाँदीको मुल्य

विश्वभरिका नेपाली सेफहरू एकजुट, अन्तर्राष्ट्रिय नेपाली सेफ समाजको अध्यक्षमा अरु…

पर्यटकका पर्खाइमा बयली

प्रतिक्रिया