ट्रम्प र बाइडेनसँगै उभिएर यस निर्वाचनको अन्तिम बहस

काठमाडौं : दश दिनपछि हुने अमेरिकी राष्ट्रपतिय निर्वाचनको बहस अन्तिम चरणमा पुगेको छ । अमेरिकी निर्वाचनमा दुई राष्ट्रपति सँगै बसेर गरिने बहस आफ्नै मौलिकता छ । अमेरिकी मात्र होइन विश्वमा नेता तथा अन्रतराष्ट्रिय राजनीतिमा चासो राख्नेहरु त्यो बहस हेर्न छुटाउँदैनन ।
राष्ट्रपति पदका लागि प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारद्वय वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडेनका बीचमा टेलिभिजन बहस भइरहेका छन। बहसमा बाइडेनले ट्रम्प प्रशासन र त्यसको कार्यशैलीप्रति चर्को आलोचना र टिप्पणी गरिरहेका छन । विशेष गरेर कोरोना महामारी व्यवस्थापन गर्न तथा जनता र अर्थतन्त्र जोगाउन नसकेको आरोप ट्रम्पमाथि उनले लगाई रहेको छन । उनको पक्षमा पूर्व राष्ट्रपति बाराक ओवामाले ठूलै लविङ पनि गरेका छन ।
जवाफमा राष्ट्रपति ट्रम्पले बाइडेनको आरोपको खण्डन गर्दै आफ्नो कार्यकाल अत्यन्त सफल भएको दावी गरेका छन । कोरोनाभाइरसका विरुद्धमा लगाइने खोप केही हप्तामा आउने र महामारी पूर्ण रुपमा नियन्त्रण हुने जिकिर ट्रम्पको छ । तर चाँडै नै खोप आएर महामारी नियन्त्रण हुने ट्रम्पको दावीलाई भने बाइडेनले अविश्वास गर्दै उडन्ते कुराको संज्ञा दिए ।
बहसका क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकहरु यति अभ्यस्त भैसके कि कोरोनाभाइरस सँगसगै बाँच्न सक्नेगरि पद्धती नै बसिसकेको भन्दै यसको लागि सरकारले कुनै कशुर बाँकी नराखी काम गरेको पनि बताए । ट्रम्पको भनाइले महामारी विरुद्ध लड्न वा महामारीको सामना गर्न वा व्यवस्थापन गर्न ट्रम्प प्रशासनसँग कुनै योजना नरहेको पुष्टि भएको बाइडेनको तर्क थियो ।
ट्रम्पका कुरा सुन्ने हो र मान्ने हो भने कोरोनाभाइरसको महामारी व्यवस्थापनका लागि जादु गर्ने बाहेक अरु केही छैन, बाइडेनले भने । टेनेसी राज्यको नेस्भिलमा भएको उक्त बहस कोरोना विरूद्धको लडाइँ, अमेरिकी परिवार, जातियता, जलवायु परिवर्तन, राष्ट्रिय सुरक्षा, नेतृत्वलगायतका विषयमा केन्द्रित थियो ।
बहसको शुरुमा यसअघिको पहिलो राष्ट्रपतीय बहसपछि पनि अमेरिकामा थप १६ हजार अमेरिकीहरुले कोरोनाका कारण जीवन गुमाएको तथ्याँक प्रस्तुत गरिएको थियो । त्यसपछि नै ट्रम्पको प्रस्तुति खल्लो, हल्का र अपत्यारिलो भएको टिप्पणी गरिएको छ । अर्का प्रतिस्पधी बाइडेनलाई भने कोरोनाभाइरस उत्पत्ति गराएको चीनलाई सजाय दिन के गर्नुहुन्छ भनेर सोधिएको थियो । जवाफमा बाइडेनले व्यापार र अर्थतन्त्रलाई जोडेर व्याख्या गर्दै चीनले अन्तर्राष्ट्रिय नियम अनुसार चलोस् भन्ने आफ्नो चाहना रहेको बताएका थिए । (एजेन्सीहरुबाट)

चिनिया बिदेश मन्त्रीले भनेः चीन इरानकाे समर्थनमा उभिन्छ

युद्दमा १३८ इरानीको मृत्यु, इजरायलको ३ लडाकु विमान ध्वस्त
इरानमा सैन्य दुस्साहस रोक्न इजरायललाई चीनको आग्रह
इरानद्वारा इजरायलमा जवाफी आक्रमण
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_E4YDghGNKZ_lz0g6oxluiebhiz3w1gswqt3sbjmbiuai7g2gr5w3sxatlb8qkfbllgp0moy_CBdY5aGYuT_nu6aezqcnskef2fs9fovt8q1ob3mpsp1fd0tzwqiwccmg8zjwqpq8joiiyqx.jpg)
टेक्सासमा बाढीले १० जनाको मृत्यु

बंगलादेशमा फ्रेबुअरीमा निर्वाचन गराउने युनुसको घोषणा

पाकिस्तानी सेना प्रमुखलाई ट्रम्पको बिशेष सम्मान, बोलाए अमेरिका

प्रतिक्रिया