अब बाइडेनलाई भोट दिऔं फेरि चारवर्ष खेर नफालौं : ओबामा

काठमाडौं : अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा मतदान गर्न आह्वान गरेका छन् । आफूपछिको राष्ट्रपति ट्रम्पले अमेरिकाको शीर निहुराएको धारणा राख्दै विपक्षमा मतदान गर्न अह्वान गरेका हुन्।
ककोभिड महामारीको व्यवस्थापन समेत गर्न नसकेको र कार्यक्षमता नभएको आरोप लगाउदै उनले ट्रम्पलाई अब बिदा गर्नुपर्ने बताए । पूर्व राष्ट्रपति ओबामाले बुधबार डेमोक्र्याटतर्फका उम्मेदवार जो बाइडेनलाई मतदान गरेर निर्वाचित गराउनु पर्ने बताए ।
डेमोक्रयाटका तर्फका उम्मेदवारहरुलाई समर्थन जनाउँदै खुलेर चुनावी प्रचारप्रसार अभियानमा हाम फालेका आबामाले उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिस पनि अमेरिकाको लागि महत्वपूर्ण ब्यक्ति रहेको बताए । ‘उनीहरुसँग देशको आर्थिक सुधार र काभिड महामारी व्यवस्थापनको राम्रो योजना छ । क्षमता पनि उत्तिकै हुनाले अव यी दुईको विकल्प छैन,’ जनतालाई अपील गर्दै ओबामाले भने ।
उनले बाइडेन र ह्यारिसको समूहले मुलुकलाई राम्रो बनाउने र नेतृत्व दिनसक्ने दाबी समेत मतदाताहरु समक्ष गरे । अमेरिकामा आगामी नोभेम्बर ३ मा निर्वाचन हुन लागेको छ भने राष्ट्रपति पदका लागि ट्रम्प र बाइडेन चुनाबी मैदानमा छन । मतदानको दिन नजिकिदै गर्दा चुनावी प्रचारप्रसारका गतिविधिहरुले तिव्रता पाएको छ ।
सभा तथा -यालीहरु बढ्दो छ । एक -यालीलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति ओबामाले ट्रम्पको अहिलेको कार्यकाल बेकारमा गएको र आगामी चार वर्ष फेरि खेर फाल्न नहुने टिप्प्णी गरे । राष्ट्रपति कार्यालयले जनता जोगाउन, आर्थिक क्षति न्युनिकरण गर्न धेरै काम गर्न सक्ने हुदाँहुदै पनि नगरेको आरोप ओबामाको छ । उनले ट्रम्पलाई गैर जिम्मेवार नेताको संज्ञा समेत दिए । (एजेन्सीहरु)

चिनिया बिदेश मन्त्रीले भनेः चीन इरानकाे समर्थनमा उभिन्छ

युद्दमा १३८ इरानीको मृत्यु, इजरायलको ३ लडाकु विमान ध्वस्त
इरानमा सैन्य दुस्साहस रोक्न इजरायललाई चीनको आग्रह
इरानद्वारा इजरायलमा जवाफी आक्रमण
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_E4YDghGNKZ_lz0g6oxluiebhiz3w1gswqt3sbjmbiuai7g2gr5w3sxatlb8qkfbllgp0moy_CBdY5aGYuT_nu6aezqcnskef2fs9fovt8q1ob3mpsp1fd0tzwqiwccmg8zjwqpq8joiiyqx.jpg)
टेक्सासमा बाढीले १० जनाको मृत्यु

बंगलादेशमा फ्रेबुअरीमा निर्वाचन गराउने युनुसको घोषणा

पाकिस्तानी सेना प्रमुखलाई ट्रम्पको बिशेष सम्मान, बोलाए अमेरिका

प्रतिक्रिया